७ वैशाख २०८१ शुक्रबार
समाज

कुटपिटबाट एक किशोरको मृत्यु

जिल्ला प्रहरी कार्यालय रोल्पा।

रोल्पामा कुटपिटबाट एक किशोरको मृत्यु भएको प्रहरीले जनाएको छ। रोल्पा नगरपालिका वडा ९ होमा बस्ने  १८ वर्षीय अबिलाश घर्तिमगरको मृत्यू भएको हो । २०७८ असार १ गते राती आफन्तको बच्चाको पास्नीको भोजमा मादक पदार्थ सेवन गरी वादविवाद हुँदा २४ वर्षीय धनिमन पुनमगले अबिलाशलाई पिटेका थिए।  

पेटको संवेदनशील भागमा हात र मुक्का प्रहार गर्दा पेटको आन्द्रामा असर पर्न गई निजको दिसा पिसाब दुबै रोकिए पछि आपसी सहमतिमा घटनालाई लुकाई एपेन्डिक्स भएको भनी अस्पताल लगिएको थियो। प्रहरी कारवाहीबाट बच्ने उम्कने उद्देश्यले उपचारको लागि रोल्पा अस्पताल ल्याएकोमा थप उपचारको लागि बुटवलतर्फ पठाईएको प्रहरीले जनाएको छ ।  

उपचारको क्रममा नै अबिलाशको बुटवलमा मृत्यु भएको रोल्पा प्रहरीले बतायो। घाइते भएका अबिलाशको पिसिआर पोजेटिभ आएता पनि कुटपिट र हात मुक्का प्रहारले पीडितको आन्द्रा चुडिन गई दिसा पिसाब दुबै रोकिन गई मुटुमा समेत असर पर्न गएको देखिएको अस्पताललाई उद्यृत गर्दै रोल्पा प्रहरीले जनाएको छ।

मुक्का प्रहार गर्ने धनिमन पुन मगरलाई पक्राउ गरी थप अनुसन्धान गर्नको लागि रोल्पा जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई प्रहरी हिरासतमा राखिएको छ।

प्रकाशित: ८ असार २०७८ ११:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App