५ वैशाख २०८१ बुधबार
समाज

सरकारी कार्यालय भित्रै मदिराको भट्टी, ४० लिटर रक्सी बरामद

जिल्लाको एक सरकारी कार्यालयभित्रै रक्सी बनाईरहेको अवस्थामा प्रहरीले छापा मारी ४० लिटर रक्सी बरामद गरेको छ। जिल्ला प्रहरीको टोलीले भीमेश्वर नगरपालिका-८ स्थित शितोष्ण फलफूल रुटस्टक विकास केन्द्र कार्यालयमा आइतबार रक्सी बनाईरहेको अवस्थामा छापा मारी ४० लिटर रक्सी बरामद गरेको हो।

जिल्ला प्रहरीका प्रवक्ता ईन्सपेक्टर अन्जान कोईरालाले कार्यालयभित्रै रक्सी बनाईरहेको अवस्थामा करिब ४० लिटर रक्सी बरामद गरिएको बताए। सरकारी अड्डाबाट बरामद गरिएको उक्त रक्सीबारे जिल्ला प्रशासनलाई जानकारी गराईएको उनले सुनाए। यसबारे प्रशासन मार्फत छानबिन भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

शितोष्ण फलफूल रुटस्टक विकास केन्द्रका निमित्त प्रमुख विनोद रोक्काले प्रहरीले कार्यालयभित्रै रक्सी बरामद गरेको स्वीकार गरे। 'कार्यालय परिसरबाट उहाँहरुले ४० लिटर रक्सी बरामद गर्नुभएको हो, यसबारे प्रमुख जिल्ला अधिकारीलाई भेटेर जानकारी गराईसकेको छु', उनले भने।

कार्यालयभित्र उत्पादित किबि फल यसअघि ठूलो मात्रामा स्टक भेटिएको उजुरी जिल्ला प्रशासनमा परेको थियो। उक्त फलबाट परीक्षणका निम्ति रआफूहरुले रक्सी बनाएको र उक्त रक्सी बनाउन सरोकारवाला सरकारी निकायको अनुमति नलिनु आफूहरुको कमजोरी भएको निमित्त कार्यालय प्रमुख रोक्काले स्वीकार गरे।

सदरमुकाम चरिकोटबाट १३ किलोमिटर दूरीमा रहेको यो कार्यालयले असार मसान्त लाग्दै गर्दा धमाधम कोटेशन मार्फत कमिशन लिएर ठेकेदारहरुलाई काम दिईरहेको कार्यालयका एक कर्मचारीले बताए। कार्यालय प्रमुख रोक्काले अन्तिममा निकासा आएकाले निर्माण व्यवसायी मार्फत कोटेशनमा काम लगाईएको सुनाए।  

उक्त कोटेशनको काम अन्तिम समयमा लगाईएपनि आफूहरुले कमिसन भने नलिएको उनले बताए। आर्थिक वर्षको अन्त्यमा काम लगाएर धमाधम कोटेशन बाडेर ठेकेदारहरु मार्फत कार्यालय प्रमुखसहित कर्मचारीले २० प्रतिशतसम्म रकम असुलिरहेको एक कर्मचारीले नागरिकन्युजलाई जानकारी दिए।  

कार्यालय प्रमुख रोक्काले निर्माण व्यवसायीलाई कोटेशनमा असार मसान्तसम्म सम्पन्न गर्ने गरि काम दिईरहे पनि उक्त काम विधि र प्रक्रिया अनुसार रहेको दाबी गरे।

प्रकाशित: ८ असार २०७८ ०२:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App