coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

ज्वालासहित तीन जनालाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गरिने

सामाजिक अभियन्ता भनेर चिनिने ज्वाला संग्रौलासहित तीनजनालाई तीन दिन थुनामा राख्न प्रशासनले अनुमति दिएको छ।

आइतबार पक्राउ परेका संग्रौलासहित हिमाल उपाध्याय र शर्मीला वाइवालाई म्याद थपका लागि प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार पेस गरेको थियो।

प्रशासनको अनुमतिसँगै उनीहरूमाथि थप अनुसन्धान सुरू गरिएको महानगरीय प्रहरी परिसर टेकुका एसएसपी अशोक सिंहले जानकारी दिए।  

युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा प्रहरीले तीनजनालाई हिजो पक्राउ गरेको थियो। उनीहरुमाथि कुटपिट, अभद्र व्यवहार तथा प्रहरीमाथि समेत हातपात गरेको अभियोग छ।

प्रकाशित: ७ असार २०७८ ११:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App