८ वैशाख २०८१ शनिबार
समाज

पक्राउ परेकी घरबेटीलाई तीन दिन प्रहरी हिरासतमै राखिने

पिडित रुपा सुनार

संचारकर्मी रुपा सुनारलाई तल्लो जातको भन्दै कोठा भाडामा नदिने घरबेटीलाई तीन दिन हिरासतमै राखेर अनुसन्धान गरिने भएको छ। सञ्चारकर्मी रुपाले दिएको उजुरीका आधारमा आइतबार पक्राउ परेकी बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गरिने काठमाडौं प्रहरी प्रमुखमा एसएसपी अशोक सिंहले जानकारी दिए ।  

जिल्ला अदालतबाट तीन दिनको म्याद लिएर पक्राउ गरिएकाले घरबेटी प्रधानलाई थप अनुसन्धान गर्न थालिएको उनको भनाइ छ ।  अनुसन्धानबाट आरोप प्रमाणित भए उनलाई  जातीय भेदभाव छुवाछुत तथा कसुर ऐन अन्तर्गत कारबाही हुने एसएसपी सिंहले बताए ।  

घरबेटी प्रधानविरुद्ध संचारकर्मी रुपाले ​बिहीबार महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दर्ता गराएकी थिइन्। उनले आफूमाथि भएको विभेदविरुद्ध अधिकारकर्मी, पत्रकार र कानून व्यावसायीको उपस्थिती र छलफल जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन, २०६८ अनुसार प्रहरीमा जाहेरी दर्ता गराएकी थिइन्।

प्रकाशित: ६ असार २०७८ १५:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App