८ वैशाख २०८१ शनिबार
समाज

कोरोनाविरुद्ध ‘एसोसियशन माइली’को अभियान

उत्तरी गोरखाको धार्चे गाउँपालिका–७, लापु गाउँको शिक्षा, स्वास्थ्य र खानेपानीमा सहयोग पु¥याउँदै आएको सामाजिक संस्था ‘एसोसियशन माइली’ले कोरोना भाइरसबाट बच्न जनचेतना कार्यक्रम चलाएको छ। त्यसक्रममा उसले तीन लाख ६३ हजार ५ सय ५८ रुपैयाँ बराबरको स्वास्थ्य सामग्री पनि गाउँलेलाई बाँडेको छ।  

एसोसियशनका नेपाल प्रमुख गणेश गुरुङकाअनुसार पाँच दिने घरदैलो अभियानमा स्वास्थ्यकर्मी तथा स्वयंसेवक टोलीले जनचेतना फैलाउनका साथै स्वास्थ्य सामग्री बाँडिएको हो।  

‘हामीले जनचेतना जगाउनुका साथै सबैलाई धुन मिल्ने वातावरणमैत्री मास्क, साबुन र झाडापखालाबाट बच्न औषधि वितरण ग¥यौं’, गुरुङले  भने, ‘भिटामिन डि, जिंक चक्की, क्याल्सियमलगायत औषधि पनि बाँड्यौंं।’  

यस अभियानका लागि एसोसियशनका तर्फबाट एक लाख २३ हजार रुपैयाँ राखिएको थियो भने बाँकी रकम लापु घरभई हाल वैदेशिक रोजगारीमा कोरिया, मलेसिया, कतार, अमेरिका, बेलायत, अष्टे«लिया र फ्रान्समा काम गर्नेहरूका साथै काठमाडौंमा बस्नेहरूले पठाएका हुन्।  

अब फेरि स्कुलका विद्यार्थीका लागि मास्क, सेनिटाइजर र साबुन किनेर पठाइने छ। केही रकम उठन बाँकी छ। बचत भएको रकम लापुस्थित माझगाउँ स्वास्थ्य केन्द्रको कोषमा हस्तान्तरण गरिने गुरुङले बताए।  

‘सहयोगीहरूको योगदान प्रशंसनीय छ’, गुरुङले भने, ‘यस अघि पहिलो चरणमा हामीले गाउँमा ३५ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थियौं।’ एसोसियशनले लापुमा विद्यालय भवन, स्वास्थ्यचौकी भवन तथा खानेपानी आयोजना निर्माणलगायतका काम गरिसकेको छ। 

प्रकाशित: ६ असार २०७८ १४:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App