coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बुढीगण्डकीको बाढीले जलविद्युतमा क्षति, ७३ घरधुरीमा तीनदिन देखि बिजुली छैन

जगत लघुजलविद्युत आयोजना ।

बुढीगण्डकी नदीमा आएको बाढीले जगत लघुजलविद्युत आयोजनामा क्षति पुगेको छ । चुमनुब्री गाउँपालिका– ३ को सल्लेरी, जगत र भालुबनका ७३ घरधुरीले प्रयोग गर्दै आएको लघुजलविद्युत बाढीका कारण बन्द भएको हो ।  

३८ किलोवाट क्षमताको उक्त लघुजलविद्युत आयोजनामा शुक्रवार बाढिले क्षति पुगेको र टर्वाइनले काम गर्न छाडेको स्थानीय विरवल घलेले बताए । विद्युत उत्पादन ठप्प भएपछि बाढीले बिस्थापित सल्लेरीका स्थानीय त्रिपालमुनि अन्धकारमा बस्न बाध्य छन् । बालवालिका, सुत्केरी र वृद्धवृद्धालाई बिजुली नहुँदा झनै समस्या भएको उनले बताए ।

उक्त जगत लघुजलविद्युत आयोजना एकदशक अघि काधुरी नामक एकसंस्थाले निर्माण गरेको थियो । मर्मत गर्न अझै केही दिन लाग्ने र विद्युतको विकल्पनमा सोलार, मैनबत्ती केहीपनि नभएकाले मर्मत नहुँदा सम्म स्थानीय अन्धकारमा बस्न बाध्य छन् । 

प्रकाशित: ६ असार २०७८ १२:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App