coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पत्रकार र कर्मचारी हुँ भन्दै ठग्ने दुई जना पक्राउ

मोरङको रतुवामाईबाट ठगी र जबरजस्ती रकम असुल गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।  

सुनसरीको इटहरी नगरपालिका–६ का ५० वर्षीय दधिराम चौहान र मोरङको सन्दरहरैँचा नगरपालिका ७ का ५६ वर्षीय पुष्पप्रसाद सिग्देललाई ठगी र जबरजस्ती रकम असुल गरेको आरोपमा शुक्रबार पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ।

पक्राउ परेका मध्ये सिग्देलले आफूलाई पत्रकार र चौहानले वन कर्मचारी हुँ भन्दै विभिन्न काठ मिलहरुबाट रकम उठाउने गरेको पाइएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ।

‘पक्राउ परेकामध्ये पुष्पप्रसाद सिग्देलसँग विभिन्न पत्रपत्रिकाको परिचयपत्र भेटिएको र अर्का चौहानले आफूलाई वनको कर्मचारी हुँ भन्दै ठगी र जबरजस्ती रुपैयाँ लिने गरेको भेट्यौं,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले भने, ‘उनीहरुले २ दर्जनभन्दा बढी काठ मिलमा गएर हामी वनको कर्मचारी र पत्रकार हौं, कार्यालयमा तेलको आवश्यक छ, सहयोग गर्नुहोस्, अन्यथा काम गर्न अफ्ठ्यारो हुन्छ भनेर डर त्रास देखाई ठगी गरेर रकम लिने गरेको भेटिएको हो।’

रतुवामाई–१० स्थित एउटा काठ मिलबाट पक्राउ परेकामध्ये चौहानका साथबाट २५ हजार ९ सय ९५ र सिग्देलको साथबाट ७ हजार रुपैयाँका साथै रकम उठाएको अभिलेख डायरी, रसिद प्याड र विभिन्न पत्रपत्रिकाको परिचयपत्र फेला परेको डिएसपी राईले बताए। उनीहरुलाई ठगी कसुरमा थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।  

प्रकाशित: ६ असार २०७८ ११:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App