८ वैशाख २०८१ शनिबार
समाज

तल्लो जातको भन्दै कोठा भाडामा नदिने घरबेटी पक्राउ

संचारकर्मी रुपा सुनारलाई तल्लो जातको भन्दै कोठा भाडामा नदिने घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–११ बबरमहलकी सरस्वती प्रधानलाई आज महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।

घरबेटी प्रधानविरुद्ध संचारकर्मी रुपाले ​बिहीबार महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दर्ता गराएकी थिइन्। उनले आफूमाथि भएको विभेदविरुद्ध अधिकारकर्मी, पत्रकार र कानून व्यावसायीको उपस्थिती र छलफल जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन, २०६८ अनुसार प्रहरीमा जाहेरी दर्ता गराएकी थिइन्।

प्रहरीले घरबेटीलाई पक्राउ गरेपछि रुपालाई पनि बोलाएको रुपाले जानकारी दिएकी छन्।

प्रकाशित: ६ असार २०७८ ०६:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App