७ वैशाख २०८१ शुक्रबार
समाज

जगदम्बा स्टिलमा ट्याँकी पड्किँदा दुई मजदुरको मृत्यु, तीन जना घाइते

सिमरामा रहेको जगदम्बा स्टिलमा ट्याँकी पड्किँदा दुई जना मजदुरको मृत्यु भएको छ भने तीन जना मजदुरहरु घाइते भएका छन्।

मृत्यु हुनेमा दुबै मजदुर भारत बिहारको रहेका र घाइते मजदुरहरु नेपाली भएको बारा प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा भारत बिहार मोतिहारी जिल्लाका प्रदीप गोढ र सिवान जिल्लाका रामनाथ महतो रहेका बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताएका छन्। घाइते हुनेमा राजकुमार बिश्वकर्मा, ईन्द्रप्रसाद अधिकारी र नवराज चौलागाई रहेका मिश्रले बताए।

घाइतेहरुको तराई अस्पतालमा उपचार भई रहेको एक जनाको अवस्था गम्भिर रहेको मिश्रले बताए।

उद्योग भित्र रहेको फर्नेस तेलको ट्याँकी वेल्डीग गर्ने क्रममा ट्याँकी विस्फोट भएर यो घटना भएको उद्योगका सन्चालक पवन गुप्ताले बताएका छन्।

ट्याँकी विस्फोट भएर त्यसबाट लागेको आगलगीले उद्योगमा धेरै नै क्षति पुगेको गुप्ताले बताए।

जगदम्बा स्टिलमा भारतीयहरुलाई मजदुर र उच्च पदमा व्यवस्थापले राखे पनि उनीहरुको सुरक्षाको बेवास्ता गर्दै आएको मजदुरहरुले गुनासो गरेका छन्।

उद्योगमा अहिले  मजदुर र उच्च पदमा भारतीयहरुलाई राखिएकोले नै गर्दा ट्याँकी पड्किँएर आगलगी भए पछि त्यसको नियन्त्रण गर्न पुगेका सुरक्षाकर्मीको टोलीलाई समेत प्रवेश गर्न दिनमा आलटाल गरिएको सुरक्षाकर्मीहरुले गुनासो गरेका छन्।

प्रकाशित: ५ असार २०७८ १६:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App