१७ श्रावण २०७८ आइतबार
समाज

बाढी–पहिरको अझै जोखिम छ, सतर्कता अपनाऔँ : हेलम्बु गाउँपालिका

हेलम्बु गाउँपालिकाले अझै पहिरो र बाढीको जोखिम  रहेको जनाएको छ । आज एक सूचना जारी गर्दै सो गाउँपालिकाले यही असार १ गते साँझ मेलम्ची खोलामा आकस्मिक बाढी आउनुको कारण  वडा नं १ मा अवस्थित सेमेसिदाङ हिमाल मुनि रहेको भेमाथाङ्ग चौरमा पहिरो गएको जनाएको  छ ।  

सूचनामा सो ठाउँको चौरको हाल २५ प्रतिशत भाग पहिरो गएको र बाँकी मध्ये के कति भागमा पहिरो जान सक्ने भन्ने हालसम्म एकीन नभएकोले थप बाढी जान सक्ने जनाउँदै उच्च साबधानि तथा सतर्कता अपनाउन गाउँपालिकाले आग्रह गरेको छ । रारासस 

प्रकाशित: ५ असार २०७८ १९:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App