१६ चैत्र २०८० शुक्रबार
समाज

प्रदेश १ मा २ सय ७४ संक्रमित थपिए

प्रदेश १ मा शनिबार २ सय ७४ जना कोरोना संक्रमित थपिएका छन् ।  ९ सय ६० जनाको कोरोना परिक्षण गर्दा २ सय ७४ जनामा संक्रमण देखिएको हो ।  

मोरङमा ९९, झापामा ८१, सुनसरीमा ८०, उदयपुरमा ३, धनकुटामा २, भोजपुरमा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ७२, लेटाङमा १३, बुढीगंगामा ६, मिक्लाजुङमा ४, सुन्दरहरैचामा २, रतुवामाई र कटहरीमा १–१ जनामा संक्रमण देखिएको छ । झापाको दमकमा ४३, भद्रपुरमा १४, विर्तामोडमा १३, कमलगाउँपालिकामा ३, मेचीनगर र शिवसताक्षीमा २–२, कनकाई,अर्जुनधारा, बा¥हदशी र स्थानीयतहनखुलेका१–१, सुनसरीको धरानमा ४२, इटहरीमा २८, रामधुनीमा ५, इनरुवामा २ र स्थानीयतहनखुलेका ३ जनामा संक्रमण देखिएको छ । उदयपुरको बेलकामा २ र स्थानीयतहनखुलेका १, धनकुटाको धनकुटा नगरपालिका र स्थानीयतहनखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिकामा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६७ हजार ८ सय ७३ पुगेको छ । सक्रिय संक्रमितको संख्या १२ हजार २०६ रहेको छ ।  प्रदेश १ मा शनिबार ४ सय ६० जनाकोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९८ महिला र २६२ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५४ हजार ५ सय ७४ पुगेको छ ।

प्रकाशित: ५ असार २०७८ १३:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App