coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

उत्तरी धादिङमा पहिरो : एक जनाको शव फेला

उत्तरी धादिङको रुविभ्याली गाउँपालिका वडा नं २ तिप्लिङको अता खोला नजिकै पहिरो खस्दा बेपत्ता भएका एक जनाको शव फेला परेको छ । स्काभेटरका चालक सिन्धुपाल्चोकका २३ वर्षीय राजु पराजुलीको शव शनिबार फेला परेको रुविभ्याली गाउँपालिका वडा नं २ का वडा अध्यक्ष पेम्बा घलेले जानकारी दिए । अर्का एक जना अझै बेपत्ता छन् ।  

धादिङबेसी–सांकोष–तिप्लिङ सडकखण्ड अन्र्तगत सेर्तुङ र तिप्लिङ गाउँको बीचको भीरमा सडकको ट्रयाक खोल्ने क्रममा माथिबाट पहिरो खस्दा शुक्रबार बेलुकी स्काभेटरसहित दुई जना बेपत्ता भएका थिए । पहिरोमा पुरिएर बेपत्ता भएका अर्को स्काभेटरका चालक रुविभ्याली गाउँपालिका वडा नं ५ लापाका २० वर्षीय जोजो तामाङको खोजी कार्य भइरहेको छ ।  

बेपत्ताहरुको खोज तथा उद्धारमा स्थानीय प्रहरी र स्रोत साधनले सम्भव नभएपछि जिल्ला प्रशासन कार्यालय धादिङले हेलिकप्टर मार्फत खोज तथा उद्धारको व्यवस्थाका लागि गृह मन्त्रालयसँग समन्वय गरेपनि निरन्तर पानी परिरहेका कारण समस्या भएको छ ।

केही दिनदेखि लगातार पानी परिरहेका कारण अता खोलाको भीरबाट निरन्तर पहिरो खसिरहेको छ । माथिबाट ढुङगा माटो झरेका कारण बेपत्ता भएकाको खोजी गर्न कठिनाई भइरहेको वडा अध्यक्ष घलेले बताए । मौसमका कारण फोनको नेटवर्क समेत आउने जाने समस्या भएका कारण उद्धारमा समेत कठिनाई भएको छ । रुविभ्याली धादिङको उत्तरी भेगको विकट क्षेत्र हो । सो क्षेत्रलाई सदरमुकामसम्म जोड्नका लागि सडकको नयाँ ट्रयाक खन्ने काम भइरहेको छ ।  

प्रकाशित: ५ असार २०७८ १३:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App