७ वैशाख २०८१ शुक्रबार
समाज

कुटपिटको घटनामा निर्दोषलाई पक्राउ गरेको दाबी

 नेकपा माओवादी केन्द्र सुनसरीले गढी गाउँपालिकामा भएको  कुटपिटको घटनामा निर्दोष व्यक्तिलाई पक्राउ गरेको दाबी   गरेको छ ।

पार्टीका जिल्ला अध्यक्ष योगेन्द्र मण्डल पप्पुले विज्ञप्ति जारी गरी प्रहरीले घटनामा संलग्न नभएको व्यक्तिलाई समेत कुटपिटको घटनामा संलग्न भएको भन्दै निर्दोषलाई पक्राउ गरेको जनाइएको छ। मण्डलद्धारा जारी प्रेस विज्ञप्ति अनुसार असार ४ गते भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ६ निवासी किसोरी मण्डल गढी गाउँपालिका वडा नं. ४ छिटाहा ससुराली गएकोमा स्थानीय बुधनारायण मण्डल, जोगनारायण मण्डल, उदित मण्डल र विनोद मण्डलसहितले एक्कासी आएर कुटपिट गरेका थिए ।

 सोही घटनाको बारेमा बुझन् गएका नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य तथा भोक्राहा नरसिंह गाउँपालिका गाउँ कमिटि अध्यक्ष हेमनारायण मण्डललाई गढी गाउँपालिका ४ छिटाहाबाट पक्राउ गरेकाले रिहाईं गर्न विज्ञप्तिमार्फत माग गरिएको छ। प्रहरीले भने घटनामा संलग्न र झगडा गर्नेलाई पक्राउ गरी अनुसन्धान थालिएको जनायो ।  

प्रकाशित: ५ असार २०७८ १३:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App