६ वैशाख २०८१ बिहीबार
समाज

भिषण पहिरोले यसरी थुनियो तामाकोसी नदीको तिब्बत तर्फको भूभाग

चिनको तिब्बतको टिङ्रग्रीस्थित रोङसिया शहर नजिक शनिबार गएको भिषण पहिरोले नदी थुनिदा नेपालको तामाकोसी नदीमा बाढी आउने खतरा बढेको भन्दै स्थानीय अधिकारीहरुले सतर्कता अपनाउन सूचना जारी गरेका छन्।  

रोङसिया शहर नजिक शनिबार आएको भिषण बाढीले नेपालतर्फ जाने तामाकोसी नदीको तिब्बततर्फको भूभाग थुनिएकाले बाढी आउने खतरा रहेको भन्दै त्यहाँका स्थानीय अधिकारीले शनिबार दोलखाका प्रमुख जिल्ला अधिकारीलाई ईमेल लेखेर जानकारी गराएका थिए। सो लगतै जिल्ला प्रशासन कार्यालयले तामाकोसी नदीको तटीय क्षेत्रका बासिन्दालाई सतर्क हुन भन्दै सूचना जारी गरेको थियो।  

दोलखाको विगु गाउँपालिका १ लामावगरसंग सिमाना जोडिएको फलाक नाका नजिक रोङसिया शहरको छेउमा शनिबार भिषण बाढी आएको चिन तर्फका स्थानीयलाई उद्धृत गर्दै गाउँपालिकाका उपाध्यक्ष सञ्जिव ओलीले बताए। बाढीले तिब्बत प्रहरीको क्याम्प समेत बगाएको छ। भिषण पहिरो भएकाले प्रहरीहरु खुलाउने प्रयासमा छन्।  

थुनिएको पोखरी खुलाउन चीनका स्थानीय अधिकारीहरुले प्रयास गरिरहेको जानकारी आएको ओलीले बताए। दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बद्री तिवारीले चिनियाँ पक्षले शनिबारको पहिरोले थुनिएको पोखरी खोल्ने प्रयास भईरहेको जानकारी गराएको सुनाए। चिनियाँ पक्षले थुनिएर ताल बनेको नदीलाई खुलाउने प्रयास गरिरहेकाले बाढीको खतरा नटरेको प्रशासनले जनाएको छ।  

नदीमा बाढीको खतरापछि माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले बाँधबाट नदिको सतह २४ सै घण्टा मापन गरिरहेको छ। बाँध खाली गराईएको र हालसम्म नदीमा पानीको सतहमा धेरै घटबढ भएको छैन।  

हाल सामान्य अवस्थामा नदीमा १ सय ५० घनमिटर प्रतिसेकेन्ड पानी बगिरहेको र बाढी आएमा ३ सय घनमिटर बाँधमै डेढ घण्टासम्म थुन्न सकिने र ३ सय मिटर मात्रै छाडेर ६ सय घनमिटर प्रति सेकेन्ड आएको बाढी बाँधबाट नियन्त्रण गर्न सकिने आकंलन आयोजनाका अधिकारीहरुले गरेका छन्।

प्रकाशित: ५ असार २०७८ ०७:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App