coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खोटाङमा कोरोना जित्नेको संख्या हजार नाघ्यो

खोटाङमा कोभिड–१९ को संक्रमण जित्नेको संख्या १ हजार नाघेको छ । शुक्रबारसम्मको तथ्यांक अनुसार जिल्लाका कुल संक्रमितमध्ये १ हजार ७ जना संक्रमितले कोरोना जितेका हुन् । १० स्थानीय तह रहेको जिल्लामा कुल १ हजार ५८६ जनालाई संक्रमण हुँदा १ हजार ७ संक्रमितले संक्रमण जितेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए । 

१ हजार ७ जनाले संक्रमण जित्दा र ६ जनाको मृत्यु हुँदा हाल जिल्लामा सक्रिया संक्रमितको संख्या ५५४ रहेको छ । यस तथ्यांक अनुसार कोभिड–१९ बाट संक्रमण भएका सक्रिया संक्रमितभन्दा संक्रमण जित्नेको संख्या ४५३ ले बढी हुन पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । यद्यपी, केही दिन यता कोभिड–१९ को संक्रमण परीक्षणको दायरा भने साँघुरो पारिएको छ । जुन मात्रामा हुनुपर्ने त्यो मात्रामा पिसिआर र एन्टिजेन परीक्षण गर्न छाडिएको पाइएको छ ।  

हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ३२४ जना, हलेसी तुवाचुङ नगरपालिकाका १६३ जना, रावाबेँसी गाउँपालिकाका ७२ जना, केपिलासगढी गाउँपालिकाका ४० जना, ऐसेलुखर्क गाउँपालिकाका ९० जना, जन्तेढुंगा गाउँपालिकाका ५३ जना, खोटेहाङ गाउँपालिकाका ५२ जना, साकेला गाउँपालिकाका १११ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ८६ जना र बराहपोखरी गाउँपालिकाका १६ जनाले संक्रमण जितेका छन् । 

हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २६९ जना, हलेसी तुवाचुङ नगरपालिकामा ५२ जना, रावाबेँसी गाउँपालिकामा ३४ जना, केपिलासगढी गाउँपालिकामा २५ जना, ऐसेलुखर्क गाउँपालिकामा २८ जना, जन्तेढुंगा गाउँपालिकामा १६ जना, खोटेहाङ गाउँपालिकामा ५ जना, साकेला गाउँपालिकामा ५८ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ५८ जना र बराहपोखरी गाउँपालिकामा ९ जना सक्रिया संक्रमित छन् । जिल्लामा हालसम्म ५ हजार ३७३ जनाको एन्टीजेन र १ हजार ८१५ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५८६ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख सिग्देलले बताए ।  

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा हालसम्म २४ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ९ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २ जना, रावाबेँसी गाउँपालिकामा २ जना, केपिलासगढी गाउँपालिकामा ३ जना, ऐसेलुखर्क गाउँपालिकामा १ जना, जन्तेढुंगा गाउँपालिकामा २ जना, साकेला गाउँपालिकामा १ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ३ जना र बराहपोखरी गाउँपालिकामा १ जना स्वास्थ्यकर्मी संक्रमित भएका हुन् । संक्रमित स्वास्थ्यकर्मीमध्ये कतिपय डिस्चार्ज भइसकेका छन् । हालसम्म जिल्लामा ६ संक्रमितको मृत्यु भइसकेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४ जना, केपिलासगढी गाउँपालिकामा १ जना र ऐसेलुखर्क गाउँपालिकामा १ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।  

हालसम्म ३० जना जिल्ला बाहिरका अस्पतालमा रेफर भएका छन् भने २० जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ । हाल ५३४ जना होमआइसोलेसनमा बसिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित: ४ असार २०७८ १०:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App