६ वैशाख २०८१ बिहीबार
समाज

साकेलामा तेस्रो पटक सिल अवधि थप

खोटाङको साकेला गाउँपालिकालाई थप हप्ता दिनका लागि सिल गरिएको छ। कोभिड–१९ को महामारी हालसम्म कायम रहेको भन्दै गाउँपालिकाको सिल अवधि ७ दिनका लागि थप गरेको हो।  दोस्रोेपल्ट थप गरिएको सिल अवधि जेठ ३१ गते सकिएपछि बिहिबारदेखि लागू हुनेगरी तस्रोपल्ट गाउँपालिका सिल अवधि लम्व्याइएको हो। 

कोभिड–१९ को महामारीबाट बच्ने र बचाउने अभियानका क्रममा गाउँपालिकाले आवत–जावत गर्न नपाउनेगरी गाउँपालिकालाई सिल कायम राखिएको गाउँपालिका अध्यक्ष अर्जुन खड्काले जारी गरेको सूचनामा उल्लेख छ। 

गाउँपालिकाले सिल अवधिमा पालिकाभित्र कुनै भिडभाड, भोजभतेर, समिक्षा, गोष्ठी, तालिम आदि नगर्न/नगराउन अनुरोध गरेको छ। पालिका तथा वडाको आर्थिक एवं आन्तरिक प्रकासनिक कामकाज र अत्यावश्यक सेवा उच्च स्वास्थ्य मापदण्ड अपनाएर वैकल्पिक विधिमार्फत हुने सुचनामा उल्लेख छ। यसअघि गाउँपालिकाको आन्तरिक प्रशासनिक कामकाज र अत्यावश्यक सेवा बाहेकका अन्य सेवा प्रवाह बन्द गरिएको थियो।

हप्ता दिनको अवधिमा उपभोग्य वस्तु किनमेलका लागि खाद्यान्न पसल भने प्रत्येक बिहान ७ बजेदेखि ८ बजेसम्म खोल्ने/खुलाउने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ। कोभिड संकट व्यवस्थापन समितिको गत बैसाख २५ गतेको बैठकले हप्ता दिनका लागि पहिलोपल्ट गाउँपालिका सिल गर्ने निर्णय गरेको थियो। त्यो बेला गाउँपालिकाले संक्रमित क्षेत्रबाट आउने पालिकावासीले सम्वन्धित वडा कार्यालयमा पिसिआर रिपोर्ट पेश गर्नुपर्ने र कम्तीमा १० दिनसम्म होमआइसोलेसनमा बस्नुपर्ने, गाउँपालिकाभित्र निर्माणाधिन योजना र आयोजनाका लागि आवश्यक कामदार पालिकाभन्दा बाहिरबाट नल्याउने, बाहिरबाट ल्याउन परे पिसिआर परिक्षण गरेर मात्र कामदार भित्र्याउन पाउने व्यवस्था गरेको थियो।  

यस्तै, बढिमा १० जनाको उपस्थितिमा मात्र बिवाह, ब्रतबन्ध, पास्नी, देवाली जस्ता धार्मिक तथा साँस्कृतिक कार्यक्रम गर्ने/गराउने, त्यस्ता कार्यक्रममा गाउँपालिकाभन्दा बाहिरका आफन्तलाई नबोलाउने, बोलाउनै परे पिसिआर परीक्षण गरेको नेगेटिभ रिपोर्ट लिएर मात्र आउनका लागि निमन्त्रणा गर्ने/गराउने निर्णय गरेको थियो।  

प्रकाशित: ४ असार २०७८ ०४:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App