coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पहिरोले खोला थुनेपछि मेलम्चीमा बाढी (भिडियो )

मेलम्ची करिडोर तहसनहस बनाउँदै व्यापक जनधनको क्षति पुर्‍याउने गरी मेलम्ची खोलामा बाढी आउनुको कारण पहिरो रहेको खुलेको छ । खोला थुनिने गरी आएको पहिरोले बाढीको रुप लिँदै तल्लो तटीय क्षेत्रमा वितण्डा मच्चाएको हो ।

हेलिकप्टर लिएर बुधबार बाढी प्रभावित क्षेत्र अवलोकनमा आएका स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले पहिरोले मेलम्ची थुनेर खुलेपछि बाढी निम्तिएको बताए । सिन्धुपाल्चोक गृहजिल्ला भएका उनी मेलम्ची खोलाको उद्गमस्थल पुगेका थिए । ‘घटनास्थलको प्रकृति हेर्दा पहिरो खस्ने, खोलो थुनिने अनि खुल्ने क्रम केही पटक चलेपछि ठूलो बाढी आएको देखिन्छ,’ पहिरोस्थलको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै मन्त्री तामाङले भने ।  

उनका अनुसार हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको चोक्पुबाट ५ सय मिटरमाथि भ्रातेकतेक भन्ने ठाउँमा पहिरो खसेर नदी थुनिएको हो । भिडियोमा धेरै माथिबाट तल खोँचमा बहिरहेको खोलामा पहिरो खसेको देखिन्छ । त्यही पहिरो साँधुरो खोला थुन्दै पछि खुलेको तामाङको भनाइ छ ।  त्यहाँ ठूलो पहिरो गएको उनले जानकारी दिए । पहिरोस्थल मेलम्ची खानेपानीको मुहानबाट तीन किलोमिटर माथि पर्छ । 

भिडियो हेर्नुस्

प्रकाशित: २ असार २०७८ १४:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App