coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सिन्धुपाल्चोकमा बाढी: सिन्धुलीमा माछा

सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले सिन्धुलीमा माछा आएका छन्। मेलम्चीमा अर्बौको धनमाल क्षति हुने गरी आएको बाढी सिन्धुलीको सुनकोसीमा मिसिँदा कोसीको बाढीमा ठूलो संंख्यामा माछा भेटिएको स्थानीयले बताए। 

इन्द्रावती नदीको बाढीको प्रभावले सुनकोसीमा बाढी आउँदा सिन्धुलीको सुनकोसी गाउँपालिका गोलञ्जोर गाँउपालिका र फिक्कल गाँउपालिकाका नदीको आसपासमा बसोबास गर्ने स्थानीय सबैले माछा समातेको स्थानीय बासिन्दाले बताएका छन्। 

सुनकोसी आसपासको किनार जानेले माछा नलिई कोही फर्किएनन्, स्थानीय गौरव कार्कीले भने, ‘सिन्धुलीको गोलञ्जोर एरियामा मात्रै पाँच टन बढी माछा समातेको अनुमान गरेका छौं।’ सुनकोसीमा बाढी आएसँगै बुधबार बिहानैदेखि स्थानीय माछा समात्न कोसीको किनारामा पुगेका थिए। 

उनका अनुसार गोलञ्जोर गाँउपालिकाको ग्वालटारमा मात्रै आठसय केजीभन्दा बढी माछा समातिएको छ। २०४१ सालको बाढीमा स्थानीयले डोकामै माछा ल्याएको र सोहीअनुसार यो बाढीमा पनि डोकामै बोक्ने गरी स्थानीयले माछा समातेको स्थानीले बताए। 

सुनकोसी गाँउपालिका ५ मुलकोटका स्थानीयले पनि उस्तै गरी माछा समातेका छन्। मुलकोटका स्थानीय मनोज श्रेष्ठका अनुसार बुधबार बिहानैदेखि माछा समात्न सुनकोसी तिरमा पुगेका थिए। सुनकोसीमा ५५ केजीभन्दा माथिको माछा समातेको स्थानीयले बताए।

प्रकाशित: २ असार २०७८ ०८:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App