१६ चैत्र २०८० शुक्रबार
समाज

बुढीगण्डकीले चारवटा घर बगायो, २७ घर जोखिममा

बुढीगण्डकीले चार घर बगाएको स्थान । तस्बिरः नागरिक

बुढीगण्डकी नदीको बाढीले चुमनुब्री गाउँपालिका ३ सल्लेरीका चारवटा घर बगाएको छ । बाढीले गएराती ती घर बगाएको हो । गाउँमा नदी पसेपछि २७ घरधुरी जोखिममा छन् ।  

लक्ष्मण गुरुङ, थर्पनी गुरुङ, सुर्यबहादुर गुरुङ, सुन्दर गुरुङको घर बगाएको डिएसपी प्रकाश दाहालले बताए । बाढीले बस्ती कटान गर्न थालेपछि वरपरका स्थानीय राती नै बस्ती छाडेर घरभन्दा टाढाको बारिमा बसेका थिए ।  

अविरल वर्षाले एघारकिलो–छेवेटार–भालुस्वाँरा– बारपाक सडक पनि अवरुद्ध भएको छ । दरौँदी नदीमा आएको बाढीले राङरुङ र बालुवाको बीचमा झरना नजिकै करिब २० मिटर सडक बाढीले कटान गरेकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । अहिले बारपाकसँग सदरमुकामको सडक सञ्जाल बिच्छेद भएको छ ।  

भिमसेन थापा गाउँपालिका ४ धावामा एउटा घर वर्षातका कारण भत्किएको छ भने सिरानचोक गाउँपालिका–४ शेराफाँटमा बाढीले दुईसय रोपनी खेत बगर बनेको छ । एकसय ५० मिटर लामो नहर पनि बगाएको डिएसपी दाहालले बताए । लगातार वर्षात भईरहेकाले सबै क्षतीको बिवरण अझै आईसकेको छैन । 

प्रकाशित: २ असार २०७८ ०६:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App