coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मनाङमा मर्स्याङदीको तहसनहस, सरकारी कार्यालय र होटल बगे, गाउँले पहरोमा

भारी वर्षापछिको बाढीले मर्स्याङदी नदीमा वहाव बढ्दा मनाङमा व्यापक क्षति पुर्‍याएको छ । खोला किनारका होटल, घर, प्रहरी चौकी र गाउँपालिकाको वडा कार्यालय समेत बगेका छन् । मौसम खराबी हुँदा उद्धारका लागि हेलिकप्टर समेत आउन सकेको छैन ।  

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका ङावलमा पहिरो झरेर केही बेर मस्र्याङदी नदी थुनिएकोमा अहिले बग्न थालेको छ । थुनिएको खोलाको निकास एकघण्टामा खुलेको उनले बताए । तर, तल्लो भेगका धारापानी, थोचे र तालका गाउँ पुरै बिस्थापित भएका छन् । नासोँ गाउँपालिका–१ तालगाउँ सबैभन्दा बढी प्रभावित छ । तालगाउँका ६० घर नै डुबानमा छन् । धारापानी, थोचेका बस्ती पनि बगेका छन् । धारापानीको गाउँपालिकाको भवन, सडक किनारका होटल र प्रहरी कार्याल पनि बगेको प्रजिअ लामिछानेले बताए ।

थोचेमा पहिरो आएर गाउँले बिस्थापित भएका छन । बिस्थापित गाउँले पहरोमा आश्रय लिएर बसेको उनले बताए । ‘सबैतिर तहसनहस पारेको छ । उद्धारमा खटिन पनि सकस । उद्धारका लागि काठमाडौंबाट हेलिकप्टर आउने तयारीमा रहेपनि आउन सकेको छैन,’ उनले भने, ‘विहानैदेखि भीषण वर्षा पनि भईरहेको छ । तत्कालै हेलिकप्टर आउने अवस्था पनि देखिन्न ।’

सेना, सशस्त्र र नेपाल प्रहरीका गरि ३३ जना सुरक्षाकर्मी अहिले अति प्रभावित धारापानी, तालका लागि सदरकमुकाम चामेबाट हिडेका छन् । तीनवटा सुरक्षा निकायका ११ जनाका दरले अधिकृतको नेतृत्वमा टोली अहिले धारापानी हुँदै तालगाउँसम्मका लागि हिडेको उनले बताए। तालगाउँ पुरै सम्पर्कविहीन भएको पनि उनले बताए। ‘धेरै गाउँसँग सञ्चार सम्पर्क गर्न सकिने अवस्था पनि छैन,’ उनले भने।

प्रकाशित: २ असार २०७८ ०५:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App