८ वैशाख २०८१ शनिबार
समाज

सिमानामा सशस्त्र प्रहरीको आडभरोसा

सिमावर्ती क्षेत्रमा विशिष्ट व्यक्तिहरु पुग्दा स्थानीबासी तथा जनप्रतिनिधिको माग हुने गरेको थियो, ‘सिमा क्षेत्रमा सुरक्षाकर्मी राख्न पहल गरिदिनु पर्यो।’ भारततर्फ सुरक्षाकर्मी भएपनि नेपालतर्फ नहुँदा समस्या भएको बिषय निक्कै प्राथमिकतामा राखेर उठ्थ्यो।

पछिल्लो एक बर्षको समयमा भारतसँग सिमा जोडिएका चार स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (विओपी) राखिएको छ। उच्च पहाडी क्षेत्रमा पर्ने सिमा क्षेत्रमा सशस्त्र प्रहरीको पोष्ट बसेपछि यहाँका चौरी गोठमा काम गर्नेहरु तथा आपासका बासिन्दाहरु आड भरोसाको महसुस भएको अनुभव सुनाउँछन्।  

‘सशस्त्र प्रहरीको क्याम्प बसेपछि सिमानामा आड भरोसा भएको छ। यो हाम्रो लागि गौरबको बिषय पनि हो’ फालोटका चौरीपालक चन्द्रलाल नेपाल भन्छन् ‘सिमा सुरक्षा, जैविक विविधताको संरक्षण हुन थालेको छ।’

पोष्ट राखिएसँगै सिमा क्षेत्रमा सुरक्षाकर्मीको उपस्थीति देखिन थालेको छ। भौगोलिक रुपमा विकट क्षेत्रमा रहेको सिमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी परिचालन भएका छन्। जैविक विविधताले धनी तथा महत्वपूर्ण वन्यजन्तू  रहेका यो क्षेत्रको संरक्षणमा टेवा पुग्ने अपेक्षा छ। पाँचथरसँग ४४ दशमलव ३८ किलोमीटर सिमाना भारतसँग जोडिन्छ। सन्दकुपुरदेखि तिम्बुपोखरीसम्मको सिमा क्षेत्र उच्च पहाडी क्षेत्रमा पर्छ। यीमध्ये चिवाभञ्याङ, फालोट, सुकेढाप र भैसे भन्ने ठाँउमा विओपी राखिएको छ। चिवाभञ्याङमा सशस्त्र प्रहरीको आफ्नै भवन बनेको छ। ९८ लाख ६६ हजारको लागतमा हालै निर्माण सम्पन्न भएको भवनमा सशस्त्र प्रहरी बस्न थालेको छ। अन्य पोष्टहरु सामुदायिक भवनमा रहेका छन्। अन्य पोष्टहरुलाई पनि जग्गा व्यवस्थापन काम भइरहेको बताइएको छ।  

‘सिमा सुरक्षा व्यवस्थालाई मजबुद बनाउने नेपाल सरकारको निर्णय बमोझिम चालू आर्थिक बर्षमा १ नम्बर प्रदेशमा २६ ओटा विओपी स्थापना भइसकेको छ।

महामारी नियन्त्रणमा अवैध रुपमा सिमानामा हुने आवजावत रोक्ने, तोकिएका सिमा नाकाबाट प्रक्रियापु¥याएर आवतजावत गर्न दिने विषयमा उलेख्य सफलता हासिल भएको छ । अबैधी चोरी निकासी नियन्त्रण, लागूऔषध, विष्पोट पर्दाथ र मानव बेचविखन हुन नदिन काम भइरहेको छ’ सशस्त्रप्रहरी बल नेपाल न. १ बराह वाहिनी पकलीका बाहिनिपति डिआईजी वंशिराज दाहालले भने ‘ सिमा सुरक्षामा स्थानीय नागरिकको सहभागितालाई सुनिश्चिता गराउने किसिमको संयन्त्र गठन गरी सिमा सुरक्षालाई अझ व्यवस्थीत गर्ने योजना रहेको छ। यसका लागि हामीले कार्ययोजना सनाएका छौँ ।’

प्रकाशित: १ असार २०७८ ११:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App