४ वैशाख २०८१ मंगलबार
समाज

मिलिमतोमा अबैधलाई बैध बनाएर काठ तस्करी

फाइल तस्बिर

बर्दिया अन्तराष्ट्रिय जैविक मार्ग,खाता नजिक काठ चिरानका लागि अनुमति पाएका समिलले व्यापक अनिमियता गरेको पाईएको छ। अबैध काठलाई बैध बनाएर निकासी गरिरहेको आरोपमा बालकुमारी समिललाई स्थानीयको चर्को दबाब पछि अनुसन्धान भईरहेको छ। चार दिन अघि देखि बालकुमारी समिलमा नाप जाँच सुरु गरेको वन डिभिजन कार्यालयले यर्थाथ विवरण बाहिर ल्याउँन सकेको छैन। 

सामुदायिक वन लामो समय देखि बन्द रहेको अवस्थामा चेक जाँच गर्दा अधिक नाप जाँच भएकाले यथार्थ विवरण लुकाईएको कर्मचारीलाई आरोप छ। ‘उक्त क्षेत्रका व्यापक काठ तस्करी भएको प्रत्यक्षदर्शीले पनि देखेका छन्’वन कार्यालय भित्रको स्रोतले भन्यो,‘मिलमा अहिले काठ पनि देखिदैन,एक दिनमा समिलको नापँ जाँच सकिन्छ,किन ढिला भईरहेको छ त ?’  

काठ तस्करको सहयोग लिएर समिल संचालक र वन कर्मचारी उक्त क्षेत्रका मिलबाट सेटिङमा काठ ढुवानी देखि चिरान गरी बिक्री भईरहेको स्थानीय दाबी गर्छन। ‘नयाँ मिलमा जति स्टक कर्मचारीले मिलाएपनि मिल भित्र रहेको काठ बढि नै छ,’उनले भने,‘लामो समय नाप जाँचको लागि भनेपछि अबैध काठ पनि लुकाउँन पाईयो।’त्यस क्षेत्रमा रहेका आकृति र बालकुमारी समिल सेटिङमा भईरहेको काठ तस्करी रोक्न स्थानीयको माग छ।

बन कार्यालयको बिरुद्धमा खुलेर बोल्दा बिभिन्न किसिमका आरोपमा समस्या पार्ने हुनाले समेत स्थानीय त्रसित छन्। ‘सेटिङमा भईरहेका काममा सर्वसाधरण बोले भने खतरा हुन्छ, ’उनले भने,‘त्यसैले गोप्य दिएको सूचना गोप्य राखदिनु होला।’ करिब एक वर्ष देखि संचालमा आएपनि सामुदायिक वन बन्द रहेकाले किन वेच नभएकाले स्टक घोटाला गरेर केश मिलाउँने तयारी रहेको स्रोत दाबी छ। ‘नयाँ समिलमा स्टक नै हुदैन,त्यहि पनि लामो समयदेखि सामुदायिक वनमा कटान मुछान बन्द छ।’स्टक सार्वजनिक गरेपछि अबैध काठ चिरान गरी बाहिर निकासी भए वा भएन भन्ने पुष्टि हुन्छ।  

स्रोतका अनुसार अन्य जिल्लाबाट समेत मिलिमतोमा किन वेच गरेर व्यवसायीले स्टक प्रमाणित गरिरहेका समेत खुलासा भएको छ। वन कर्मचारीलाई संबाददाताले गरेको प्रतिप्रश्नमा भने अनिभिज्ञता प्रकट गरे। उक्त क्षेत्रमा बालकुमारी र आकृति समिल संचालन भईरहेको सहायक वन अधिकृत सन्तोष चौधरीले बताए। कार्यक्षेत्र भित्र पर्ने समिलबाट कुनै किसिमको अनियमियता गरेको नपाईएको उनको भनाई छ।‘बालकुमारी समिल जिल्लाले नापँ जाँच गर्न भनेको छ,’उनले भने,‘चित्त नबुझेपछि दोस्रो पटक नाप जाँच गरिरहेका छौ,मंगलवार सम्म नाप जाँच सकिन्छ होला।’

उक्त क्षेत्रमा समिल संचालन गर्न ईजाजत पाएका वाल कुमारी समिल तथा फर्निचर उद्योग र आकृति समिल तथा फर्निचर उद्योगले ईजाजत दिँदा पनि मिलिमतोमा दिएको भन्दै स्थानीय घरेलु तथा साना उद्योग कार्यालयसँग असुन्तुष्ट छन्।वन,बिद्यालय र सडकको दुरी समेतलाई मिचेर समिलले ईजाजत पत्र पाएको समेत स्रोतको दाबी गर्छ। उक्त क्षेत्र जैविक बिबिधता र दुर्लभ वन्यजन्तुको आहोर  दोहोर गर्ने मार्गको रुपमा अन्तरािष्ट्रय जगतमा खाता जैबिक मार्ग चिनिएको क्षेत्र हो। जैविक विविधता संरक्षणका लागि खाता जैबिक मार्ग वा खाता करिडोरमा संरक्षणकर्मीले ठूलो बिदेशी लगानी भित्राएका छन्। यतिवेला खाता करिडोर पाटे वाघ र हात्तीको ओहोर दोहोर गर्न मूख्य मार्ग वनेको छ।

वन डिभिजन कार्यालयका प्रमुख महेन्द्रराज वाग्लेले गुनासो आएपछि वन अधिकृत खटाएर  छानविन गरिहेको बताए।‘स्थलगत रिपार्टका लागि कर्मचारीको टोली नापजाँचमा खटिएको छ’ प्रमुख वाग्लेले भने,‘स्थलगत प्रतिबेदन आएपछि बल्ल केहि भन्न सकिएला।’एकिङ नभएपनि बालकुमारी समिलको स्टक प्रमाणित ६ देखि ७ सय भएको उनले अनुमान गरे। स्रोतका अनुसार सामुदायिक वन बन्द भएको अवस्थामा समेत नयाँ समिलमा ६ देखि ७ सय स्टक हुनुले काठ बेचविखनदेखि चिरान सम्म सेटिङ भएको स्रोतको दाबी छ। 

प्रकाशित: १ असार २०७८ ०९:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App