८ वैशाख २०८१ शनिबार
समाज

खुकुलो पार्दै मोरङमा एक साता थपियो निषेधाज्ञा

मोरङमा निषेधाज्ञा खुकुलो पार्दै एक साताका लागि थप गरिएको छ। सोमबार जिल्ला प्रशासन कार्यालय मोरङले सूचना प्रकाशित गरी खुकुलो प्रवधानसहित एक साताका लागि निषेधाज्ञा थप गरिएको उल्लेख छ।  

जिल्लास्तरीय कोरोना सङ्कट व्यवस्थापन समितिको आज बसेको बैठकले जोखिम अझै कम नभएको निष्कर्ष निकाल्दै खुकुलो प्रावधानसहित एक साता समय थप गरेको हो। यसअघि जारी भएको निषेधाज्ञा असार १ गते सकिँदैछ। अबको निषेधाज्ञामा खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, माछामासु, विद्यालयका पुस्तक बिक्री वितरण गर्ने पुस्तक पसललगायतका व्यवसायहरु बिहान ५ बजेदेखि बिहान ११ बजेसम्म संचालन गर्न पाइनेछ। 

यस्तै दूध तथा दूधजन्य पदार्थ विक्री गर्ने डेरी पसल बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म संचालन गर्ने पाइने छ ।  वर्कसपहरु भने बिहानैदेखि संचालन गर्न सकिने छ। सरकारी कर्मचारीहरुले कार्यालय आउन र कार्यालय समय पश्चात घर फर्किन आ–आफ्नो परिचयपत्रको प्रयोग गरी आवतजावत गर्न सक्ने छन्।  

यस्तै अत्याबश्यक बाहेकका सबै सेवा बन्द हुने,गुद्री, सब्जीमण्डी, होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस सञ्चालन गर्न पाइने छैन। सार्वजनिक यातायात, शैक्षिक संस्था, खेलकुदका गतिविधि, सैलुन, सिनेमाहललगायतका क्षेत्र सञ्चालनमा लगाइएको बन्देज भने यतावत रहेको छ। 

प्रकाशित: ३१ जेष्ठ २०७८ १२:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App