८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

अदालतलाई दबाब नदिन प्रेस चौतारीको आग्रह

प्रेस चौतारी नेपालले आफ्नो पक्षमा फैसला दिन अदालतलाई दबाब दिने तथा सरकारलाई काम गर्न नदिने प्रवृत्तिले विद्यमान राजनीतिक प्रणाली र राष्ट्रियतालाई कमजोर बनाउने जनाएको छ। चौतारीका विभिन्न प्रदेशका इञ्चार्ज र संयोजकहरुले आज विज्ञप्ति जारी गरी केही समययता पूर्वपदाधिकारीहरु समूह नै बनाएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको वैधानिक संरचनामाथि निरन्तर धावा बोल्ने कार्यमा सम्लग्न भइरहेकाले यसले नोपलको संविधान, प्रचलित कानून र न्यायलयमाथिको स्थापित सिद्धान्तलाई चुनौती दिएको उल्लेख गरेको छ।  

पाँच जना पूर्वप्रधानमन्त्रीले निकालेको संयुक्त वक्तव्यमा  उल्लेखित भाषाबाट मुलुकलाई असफल राष्ट्र बनाउनेदेखि विदेशी प्रतिक्रियावादीको षड्यन्त्र झल्कने र जनतालाई आतङ्कित पार्ने खालको भएको चौतारीको ठम्याइ छ। केही समयअघि पूर्वप्रधानन्यायाधीशले पनि संयुक्त वक्तव्य निकालेका थिए।  

‘‘संविधानवादमा विश्वास नगरी भन्दा स्थापित संरचनाभन्दा बाहिर गएर समस्याको समाधान खोज्ने र वैधानिक निकायमाथि बाहिरबाट कब्जा गर्ने तरिका लोकतन्त्रमा स्वीकार्य हुन सक्दैन।’’ चौतारीको विज्ञप्तिमा भनिएको छ, ‘‘मुलुक सञ्चालनको नेतृत्व गरिसकेका नेताहरुबाट आफ्नो पद प्राप्ति नै अन्तिम अभिष्ट बनाएर जनतामा निराशा पैदा गर्ने र विदेशीलाई अनुकूल हुने सरकार बनाउने घोषणा कसैको सेवा गर्ने उद्देश्यबाट प्रेरित छ।’’

गत साता सर्वोच्च अदालतबाट कर्णाली प्रदेशका चार सांसदमाथि नेकपा ९एमाले० ले गरेको कारबाहीका विषयमा आएको फैसला निकै गम्भीर र जटिल रहेको जनाउँदै चौतारीले सम्बन्धित पार्टीको वैधानिक केन्द्रीय कमिटीले गरेका निर्णय नै नमान्ने कुरा संविधानअनुसार भएको मान्न नसकिने स्पष्ट गरेको छ।  

चौतारीले कोरोना महामारी रोकथाम, नियन्त्रण, उपचार र खोपमा सम्पूर्ण ध्यान केन्द्रीत गर्न र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन हुने कुनै पनि काम नगर्न सम्बद्ध सवै पक्षसँग आग्रह पनि गरेको छ।

प्रकाशित: ३१ जेष्ठ २०७८ १०:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App