१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पाल्पामा चौथो पटक असार १२ सम्म थपियो निषेधाज्ञा

पाल्पा जिल्लामा जेठ ३१ गते (आज) सम्म जारी रहेकाे निषेधाज्ञा असार १२ गतेसम्म थप गरिएको छ। जिल्ला कोभिड संकट व्यवस्थापन समितिका निर्णय अनुसार गत वैशाख १७ गतेदेखि जारी निषेधाज्ञा पाल्पामा चौथो पटक थप गरिएको हो।  

पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेयले केही सीमित क्षेत्र खुकुलो बनाउँदै असार १२ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप भएको बताए। पाल्पामा कोरोना संक्रमणको जोखिम कायमै रहेकोले निषेधाज्ञा थप गर्ने निणर्य भएको प्रजिअ पाण्डेले बताए।

पाल्पामा सात सय ५६ जना कोरोनाका सक्रिय सङक्रमितहरु आइसोलेसनमा रहेका छन्। जारी निषेधाज्ञाको समय थप भए पनि केही अत्यावश्यक सामग्रीको बिक्री तरकारी, खाध्यान्न लगायतका पसलहरु १० बजेसम्म खुल्नेमा ११ बजेसम्म लम्ब्याइएको छ। 

यस्तै बैंक तथा वित्तीय संस्था बिहान ७ बजेबाट ११ बजेसम्म खुल्ने भएका छन्। यस्तै अत्यावश्यक सेवाका कार्यालय र सवारीसाधनहरु संचालन हुनेछन्।      

शैक्षिक सत्र सुरुवात भएकाले पाठ्यपुस्तक बिक्रीमा सहजीकरणका लागि पुस्तक पसलहरु समेत विहान ११ बजेसम्म खुल्ने भएका छन्। सार्वजनिक यातायात र अन्य पसलहरु भने बन्द नै रहने भएको छ।

प्रकाशित: ३१ जेष्ठ २०७८ ०६:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App