coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

फिदिममा वृद्धको हत्या, प्रहरी अनुसन्धान जारी

तस्बिर : गिरिराज बाँस्कोटा/नागरिक

 आईतबार बिहान फिदिम–४ जोरशाल बजार नजिकै घरमै वृद्धको हत्या भएको भन्ने खबरले सनसनी फैलियो । सडक छेउकै घरमा हत्या भएको अवस्थामा शव भेटिएपनि चासो र चिन्ता बढ्दै गयो ।

यो चिन्ता दिनभर जस्तो देखिएको घटना स्थल आसपामा भएको भिडले पनि देखाउथ्यो । हत्या भएको अवस्थामा ७९ वर्षीय टेकबहादुर लिम्बुको शव भेटिएको थियो । सेवा निवृत्त भारतीय सैनिक रहेका लिम्बुको कसले हत्या गरेको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । घटना स्थलमा पर्याप्त प्रभाणको अभावमा अनुसन्धान निक्कै चुनौतीपूर्ण बनेको छ । घरमा ८४ वर्षीय श्रीमती रहेकी थिईन । श्रीमती पनि शारिरीक रुपमा अस्वस्थ्य तथा बोली नआउने रहेकी छन् ।  

‘घटनाको विभिन्न कोणबाट अनुसन्धान गरीरहेका छौँ । अहिलेसम्म नतिजा निस्किएको छैन्’, पाँचथरका प्रहरी प्रमुख डिएसपि दानबहादुर थापाले भने ‘हामी प्रयास गरिरहेका छौँ । चाँडै हत्यामा संलग्न पत्ता लगाउन सकिनेमा आशावादी छौँ ।’

अनुसन्धानका लागि तालिम प्राप्त कुकुर झिकाईएको थियो । आईतबार साझ दुईवटा कुकुर घटना स्थलमा परिचालन गरिएपनि अभियुक्त पत्ता लगाउन सफल भएन । उनको टाउको मा गम्भीर चोट लागेको देखिएको प्रहरीले जानकारी दिएको छ । धरानबाट कुकुर ल्याइपु¥याउन समय लाग्नुका साथै, बीचमा पानी परेकाले भेउ पाउन नसकेको हुन सक्ने अनुमान छ ।  

समान्य नागरिकको जीवन बिताईरहेका लिम्बुको के कारणले हत्या भएको हो भन्ने विषय चासोका साथ हेरिएको छ । कोराना भाईसरको प्रकोपले निषेधाज्ञा जारी भईरहेका बेला हत्या जस्तो जंघन्य अपराधको घटना भएको हो । प्रहरीले चाडो दोषीलाई पत्ता लगाई कानुनी दायरमा ल्याउने अपेक्षा स्थानीय बासीको रहेको छ ।  

प्रकाशित: ३० जेष्ठ २०७८ १४:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App