उपत्यकामा जारी निषेधाज्ञालाई थप एक साताको लागि लम्ब्याइएको छ। जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता लम्बाउने निर्णय भएको हो ।
काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन्।
यी क्षेत्र हुने भए खुला :
पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने
तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्ने
अनलाइन डेलिभरी र होटेल रेष्टुरेष्टहरुले टेकअवे सेवा गर्न दिने
निर्माण सामाग्रीका पसल दिउँसो ४ बजेपछि मात्र खोल्न पाउने
प्रकाशित: ३० जेष्ठ २०७८ १०:३६ आइतबार