७ वैशाख २०८१ शुक्रबार
समाज

उपत्यकामा थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने तयारी, खाद्यान्न पसल खुल्ने समय बढाइँदै

उपत्यकामा जारी निषेधाज्ञालाई थप एक साताको लागि लम्ब्याइने भएको छ। हाल भइरहेको निषेधाज्ञालाई केही खुकुलो पार्दै म्याद थप्नेबारे छलफल भइरहेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार खाद्यान्न पसल र तरकारी पसल खोल्ने समय बढाइने छ। 

त्यस्तै मालपोत र नापी कार्यालय खोल्ने विषयमा पनि छलफल भइरहेको उनको भनाइ छ। यसबाहेक सवारीसाधनलाई पनि हालकै अवस्थामा कडाई गरिने छ। निषेधाज्ञाको समय थप गर्न र  परिमार्जन गर्ने सम्बन्धमा अपरान्ह ४ बजे उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुबीच छलफल हुँदैछ।

सरकारले राजस्व सङ्कलनको लागि भन्दै असार १ गतेदेखि निषेधाज्ञा खुकुलो पार्ने सङ्केत देखाएको थियो। तर कोरोना सङ्क्रमण दर अपेक्षित रुपमा नघटेकोले थप एक साताको लागि निषेधाज्ञा लम्ब्याउने तयारी तीन जिल्लाका सिडिओहरुले गरेका हुन् 

प्रकाशित: ३० जेष्ठ २०७८ ०८:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App