coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नगरका ११ आमा समूहलाई कुटानी पिसानी मिल

आमा समूहलाई कुटानी पिसानी मिल हस्तान्तरण गर्दै मेयर इवन राई र उपमेयर विमला राई। तस्बिर:नागरिक

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आमा समूहलाई कुटानी पिसानी मिल वितरण गरेको छ। गाउँघरमा अन्न पिस्नका लागि ढिकीजाँतोको प्रयोग गर्दैआएका महिलालाई नगरपालिकाले महिला लक्षित कार्यक्रमको बजेटबाट खरिद गरेर डिजेलबाट चल्ने कुटानी पिसानी मिल प्रदान गरेको हो।  

ढिकी जाँतो गर्नेक्रममा हुने शारीरिक श्रमको बोझ घटाउन र समयको बचतका लागि चालु आर्थिक वर्ष २०७७/०७८ मा विनियोजन गरिएको ६ लाखबाट नगरपालिकाभित्रका ११ वटा आमा समुहलाई कुटानी पिसानी वितरण गरिएको उपमेयर बिमला राईले बताईन्। नगरपालिकाले गाउँभरीका महिलाले अन्न पिस्नका लागि उपयोग गर्न पाउनेगरी समूहलाई मिल प्रदान गरेको हो।  

हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको एक वटा, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारको दुई वटा, हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका एक वटा, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका २ वटा, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका दुई वटा, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङकाद दुई वटा र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका एक वटा आमा समूहलाई कुटानी पिसानी मिल प्रदान गरिएको हो। महिला समुहलाई कुटानी पिसानी मिल प्रदान गर्नका लगि चालु आर्थिक वर्ष ६ लाख विनियोजन गरिएको भए पनि केही रकम अपुग भएको उपमेयर राईले बताईन्।  

गाउँघरमा हालसम्म अन्न पिस्नका लागि ढिकी जाँतोको प्रयोग हुने गरेको छ। ढिकी वा जाँतोको प्रयोग गर्नेक्रममा महिलाले बढी शारिरिक श्रम गर्नुका साथै उत्तिकै समय गर्च गर्नुपर्ने हुन्छ। यही कारण आमा समुहलाई कुटानी पिसानी मिल प्रदान गरिएको नगरपालिकाले जनाएको छ। मिल मेयर इवन राई र उपमेयर राईले शनिबार आमा समूहलाई हस्तान्तरण गरेका हुन्। ‘शारीरिक श्रमको बोझलाई कम गर्नुका साथै समयको समेत बचत हुने हुँदा आमा समुहलाई कुटानी पिसानी मिल बितरण गरेका छौँ,’ उपमेयर राईले भनिन्, ‘यसअघि अघि पनि करिब ५० वटा आमा समूहलाई सहयोग गरिसकेका छौँ। आशा छ यसको उपयोग र जतनमा ध्यान पुग्ने नै छ।’ 

प्रकाशित: ३० जेष्ठ २०७८ ०७:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App