६ वैशाख २०८१ बिहीबार
समाज

घरायसी विवादमा श्रीमतीमाथि एसिड प्रहार, श्रीमान् प्रहरी नियन्त्रणमा

सामान्य घरायसी विवादमा श्रीमतीमाथि एसिड प्रहार गर्ने एक जना श्रीमान् पक्राउ परेका छन् । रौतहटको चन्द्रपुर नगरपालिका ४ का ४२ वर्षीय दीपक विकले ३८ वर्षीया आफ्नी श्रीमती दीपिका विकमाथि एसिड प्रहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।  

शनिवार साँझ श्रीमान् श्रीमतीबाट घरायसी विषयमा सामान्य विवाद भएको थियो। विवादपछि घर बाहिर गएका श्रीमान्ले बोतलमा एसिड लिएर फर्केका थिए। श्रीमान्ले आफूमाथि एसिड प्रहार गर्न खोज्दा आफूले खोसेको र एसिड खोसाखोसको क्रममा देब्रे हात र पेटमा एसिड परेको पीडितको भनाइ। एसिडले गर्दा पीडितको शरीरको १८ प्रतिशत भाग जलेको अस्पतालको दाबी छ।  

पीडीतको उपचार चन्द्रपुरस्थित अपोलो अस्पतालमा भइरहेको छ । महिलामाथि एसिड प्रहारको घटनालाई लिएर विभिन्न संघसंस्थाले आक्रोश पोखेका छन्। प्रहरीले दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग राखेका छन्। श्रीमतीलाई एसिड प्रहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय चन्द्रपुरले दीपकलाई नियन्त्रणमा लिएको छ। विकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका डिएसपि लीलाराज लामिछानेले बताएका छन्।

प्रकाशित: ३० जेष्ठ २०७८ ०७:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App