coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

छ लेन सडक विस्तार: इटहरी डुबानमा पर्ने जनाउँदै आन्दोलन चर्काउने चेतावनी

इटहरीको मुख्य चोकबाट संगीत चोक प्रवेश गर्ने स्थानमा गाडिएको ह्यूमपाइप देखाउँदै स्थानीय। तस्बिर: नागरिक

व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा विस्तारित खण्ड निर्माणका क्रममा इटहरीको मुख्य चोकबाट संगीत चोक प्रवेश गर्ने स्थानमा ह्यूम पाइप राखेपछि स्थानीयले आन्दोलन चर्काउने भएका छन्। इटहरीको मुख्य चोकबाट संगीत चोक प्रवेश गर्ने स्थानमा ह्यूम पाइप राख्दा वडा ४ र ६ मा बर्खाको बेलामा पुरै डुबानमा पर्ने जनाउँदै आन्दोलन चर्काउने भएका हुन्।

व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत कोशी राजमार्गमा निर्माणधीन विराटनगर(धरान ४९ किलोमिटर सडकमध्ये इटहरीको मुख्य चोकदेखि संगीत चोक प्रवेश गर्ने स्थानमा ह्यूम पाइप लगाएको छ। राखिएको ह्यूम पाइप पनि सडकको आधा भागसम्म मात्र राखिएकाले गर्दा खासगरि बजार क्षेत्रमा पर्ने दुईवटा बर्खाका बेला पुरै डुबानमाा पर्ने स्थानीयले ज्ञानेन्द्र दाहालले बताए। डुबानबाट बच्ने उपायका लागि स्थानीय सरकारको ध्यानाकर्षण गराउँदा पनि माग पुरा हुने(नहुने अन्यौल भएपनि संघर्ष समिति नै गठन गरि दबाब सृजना गर्न थालिएको दाहालले बताए।

‘सडकको आधा भागसम्म मात्र ह्यूमपाइप लगाएको देखेपछि स्थानीय सरकारको ध्यानाकर्षण गरायौ,’ संघर्ष समितिका संयोजक दाहालले भने, ‘इटहरी नगर प्रमुखले तत्काल छ लेन विस्तार आयोजनालाई पत्रचार गरेपनि सुनुवाई नभएपछि संघर्षमा उत्रन समितिमार्फत दबाब सृजना गर्न थालेका हौ।’ संघर्ष समितिका अनुसार राजमार्ग विस्तार गर्दा अधिकतर स्थानमा जहाँ जंगल क्षेत्रमा पनि ह्यूमपाइप नभएपनि बजार क्षेत्र जहाँ बर्खाका बेला पानीको निकास आवश्यक पर्ने स्थानमा राख्नु सडक विस्तार आयोजनाको गम्भीर त्रुटी हो।  

‘ह्यूमपाइप एकदमै अवैज्ञानिक  छ। गौरवको आयोजनामा हामीले पनि गौरव गर्न पाउने हो भने कल्भर्ट नै निर्माण गर्नुपर्छ,’ स्थानीय राजु केसीले भने, ‘हाम्रा मागबारे सुनुवाईं नभए जस्तोसुकै कठोर आन्दोलन चर्काउन पनि बाध्य हुने छौं।’ उनले छ लेन सडक विस्तारका लागि तयार गरिएको डिपिआर संविधानजस्तो अकाट्य भएर जनताका लागि विकास गर्ने हो भने त्यसलाई फेरबदल गर्नुपर्ने बताए।

यहाँ आकाशबाट परेको पानीले मात्र नभएर इटहरीको उत्तर चारकोसे क्षेत्रबाट टेङ्ग्रा खोला र पूर्वी सिमा मोरङ तर्फको बुढी खोलाले पनि इटहरीको भूभाग हरेक बर्ष डुवानमा पार्ने गरेको छ। यी दुई खोलाले कटान गर्दै मानव वस्तीमा क्षति पुर्‍याउँदै आएको छ। बाढीको त्रास २०४३ सालयता इटहरीले भोग्दै आएको छ।  

२०४० साल आसपास इटहरी क्षेत्रमा मानववस्ती पातलो थियो। यहाँको सम्पूर्ण जमिन खेतीमा प्रयोग हुन्थे। जताततै खोला पैनी वा पानी बग्ने निकाशका ठाउँहरु खुला थिए। तर, यतिबेला खेतीयोग्य जमीन मासिएर इटहरीको सवैतिर क्रंक्रिटका घरहरु थपिदा छन्। बजार क्षेत्रमा त झन घना वस्ती छ।  

हालको धरान उपमहानगरपालिका वडा नं. ६ को पाँचकन्या गाउँको दक्षिणतिर चारकोशे जङ्गलतिर आउने बाढी शेरा खोलाहुँदै इटहरी आईपुग्छ। त्यही बाढी नै इटहरी बस्तीको मुख्य डुवानको मुख्य कारण बनिरहेको छ। राजमार्ग विस्तार गर्दा पानीको निकास नहुँदा त पुरै समस्या भोग्नु पर्नेछ।

प्रकाशित: २८ जेष्ठ २०७८ १३:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App