coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कुलो विवादमा गोली चल्यो

कुलोपानीको विषयमा विवाद हुँदा तुलसीपुरमा गोली चलेको छ । त्यहाँ एक युवकले गोली चलाएका हुन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ अस्वारास्थित कुलोका विषयमा विवाद हुँदा स्थानीय पूर्णबहादुर ओलीले गोली चलाएको प्रहरीले जनाएको छ । गोली भने कसैलाई पनि नलागेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिबबहादुर सिंहले जानकारी दिए । 

कुलोको विषयमा विवाद हुँदा तुलसीपुर ८ चन्द्रगन्जका ओलीले पेस्तोल निकालेर गोली चलाएका थिए । ओलीलाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ । ‘कुलोको विषयमा गाउँलेहरुबीच विवाद भएको रहेछ, अनि पूर्णबहादुर भन्नेले पेस्तोल निकालेर गोली चलाएको रहेछ,’ डिएसपी सिंहले भने, ‘उसले एक राउण्ड फायरिङ गरेको रहेछ, तर गोली भने कसैलाई पनि लागेन ।’ उनका अनुसार पेस्तोलमा सात राउण्ड गोली थियो ।

भारतमा बस्दै आएका पूर्णबहादुर केही दिनअघि मात्रै घर आएका थिए । उनले भारतबाट आउने बेला पेस्तोल लिएको प्रहरीले जनाएको छ । उनले पेस्तोल घरमै लुकाएर राखेको र विवादका क्रममा निकालेर गोली चलाएको प्रहरीले जनाएको छ ।    

एक राउण्ड गोली चलाएपछि पूर्णबहादुर मोटरसाईकलमा भागेका थिए । प्रहरीले उनलाई टिकरी भन्ने स्थानबाट नियन्त्रणमा लिएको डिएसपी सिंहले जानकारी दिए । प्रहरीले केहीबेर अघि मात्रै उनलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान गर्न बाँकी रहेको डिएसपी सिंहले जानकारी दिए । ‘उनले कसलाई गोली हान्न खोजेको भन्ने विषय खुल्न बाँकी नै छ,’ डिएसपी सिंहले भने । 

प्रकाशित: २८ जेष्ठ २०७८ ०७:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App