coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

द्वन्द्वमा क्षति प्रहरी चौकी: धेरै भत्काईए थोरै बनाईए

निर्माणको अन्तीम चरणमा रहेको थवाङ प्रहरी चौकी। तस्बिर: नागरिक

तत्कालीन माओवादी १० वर्षे सशस्त्र द्वन्द्वताका भत्काईएको प्रहरी प्रहरी चौकीको पुर्न निर्माणले गति पाउन सकेको छैन। उतिबेला जिल्लामा २३ प्रहरी चौकी ध्वस्त बनाईएकोमा अहिले सम्म चारवटा पुर्ननिर्माण गरिएको छ भने २ वटा भवन निर्माणको अन्तिम चरणमा छन्। थवाङ  र जुंगारका यि दुई भवन डिएफआईडिले बनाईदिएको हो। प्रहरीका लागि दार्बोटमा नयाँ बन्दै छ भने खुंग्रीमा टेन्डर भईसकेको छ।  

त्यसो त प्रहरीले अस्थायी प्रहरी चौकीलाई स्थायी बनाउने तयारी गरिरहेको छ । ‘स्तर उन्नतीका लागि प्रकृया अगाडी बढेको छ। दर्गम पहाडी जिल्ला रोल्पामा लागु औषधको खेति र कारोबार बढिरहेकाले प्रहरीका गतिलो उपस्थीती देखाउन पर्ने देखिन्छ।’ रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदी भन्छन् ‘प्रहरीको आफ्नो संरचना हुदा मनोबल बढ्ने गर्दछ। सेवा प्रबाहमा सहजता हुन्छ। पछिल्लो समय प्रहरी संगठनले दुर्गम जिल्लालाई हेर्न थाले पछि सहज भएको हो।’  

त्यसो त केहि समय अगाडी प्रदेश सरकारले रोल्पा प्रहरीलाई दुईवटा नया गाडि र २ मोटरसाईकल समेत दिए पछि आफ्नो गतिविधि गर्न सजिलो भएको डिएसपि सुवेदीले बताए। जिल्लाका अधिकाशं प्रहरी चौकीहरु आज पनि भाडाका घरमा छन् । प्रहरीको आफ्नो भबन नहुदा सेवा प्रवाहमा समस्या आउने दुर्गम चौकीका प्रहरीहरु बताउछन्। भाडाका घरमा बसेका प्रहरी युनिटहरुलाई सबै भन्दा ठुलो समस्या थुनुवा राख्नका लागि पर्ने गर्दछ।  

२०५६ सालमा घर्तीगाउँ ईलाका प्रहरी कार्यालयमा तत्कालीन माओवादीले आक्रमण गरे पछि ग्रामीण क्षेत्रका प्रहरी चौकी सदरमुकाम लिवाङमा सारिएका थिए। घर्तीगाउँमा गरिएको प्रहरी आक्रमण सबै भन्दा ठुलो आक्रमण थियो। यो घटनामा प्रहरी निरीक्षक श्रीराम आचार्य सहित २१ प्रहरी मारिएका थिए।

हिजो प्रहरी चौकीमा बम पड्काउदै हिड्नेहरू आज राज्य सत्ताको मुल थलोमा पुगे पनि प्रहरी चौकी लगायत आफैले ध्वस्त बनाएका अन्य संरचना पुर्ननिर्माणमा चासो दिएको पाईदैन। २०५२ साल फागुन १ गते देखि सुरु भएको सशस्त्र द्वन्द्वका बेला माओवादीले रोल्पाका २३ वटा प्रहरी चौकी भवन ध्वस्त पारेका थिए। द्वन्द्वकालिन समयमा ३९ स्थानमा प्रहरी बस्दै आएका थिए। शान्ति प्रकृया पछि सदरमुकाममा गाभिएका सबै प्रहरी चौकी साविककै स्थानमा पुर्नस्थापना भएका छन् तर ध्वस भवनको पुर्ननिर्माण नभएकाले अधिकांश प्रहरी युनिट भाडाका घरमा छन्।

तत्कालीन बिद्रोही माओवादीले प्रहरी चौकी भवन ध्वस्त बनाएका कारण आज पनि प्रहरीका लागि सरकारले रोल्पामा मात्रै वार्षिक १७ लाख बढि रुपैयाँ घरभाडा तिर्ने गरेको छ। शान्ति प्रकृया पछिको १४ वर्ष यता रोल्पाका ईलाका प्रहरी कार्यालय होलेरी, सुलिचौर, पोवाङ र घर्तीगाउँका प्रहरी भवन पुर्ननिर्माण गरिएका छन भने नेर्पा र थवाङ चौकी निर्माण अन्तिम चरणमा पुगेको छ। गाउँका बाँकी सबै चौकी भाडाका घरमा छन्।

प्रकाशित: २८ जेष्ठ २०७८ ०७:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App