१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गर्भवती बनाएर जबर्जस्ती गर्भपतन गर्न बाध्य पारेको अभियोगमा एकजना पक्राउ

१६ वर्षीया एक किशोरीलाई गर्भ बोकाएर गर्भपतन गराउन बाध्य पारेको अभियोगमा ताप्लेजुङ प्रहरीले २२ वर्षे युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवा देउराली बस्ने दावा शेर्पा रहेका छन्। 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता/सूचना अधिकारी प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीका अनुसार शेर्पालाई फुङ्लिङ नगरपालिका वडा नं ९ सेवारो चोकबाट पक्राउ गरिएको हो।  

फरार रहेका शेर्पालाई सो स्थानमा लुकिछिपी बसिरहेको भन्ने सूचना पाएपछि अधिकारी नेतृत्वको टोली परिचालित भएको थियो। शेर्पामाथि गत २०७७ फागुन पहिलो साता फुङ्लिङ नगरपालिका वडा नं ४ मा एक १६ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी गर्भ बोकाइ गर्भपतन गराउन बाध्य पारेको अभियोग रहेको प्रहरीले जनाएको छ।  

पक्राउ परेका शेर्पालाई करणी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी प्रतिवादीका हकमा जिल्ला अदालतबाट म्याद थप गराइ अनुसन्धान प्रारम्भ गरिएको समेत अधिकारीले जानकारी दिए।

प्रकाशित: २८ जेष्ठ २०७८ ०३:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App