coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

ब्राउन सुगरसहित एक जना पक्राउ

खैरो हिरोइन ब्राउन सुगरसहित एक जना सुनसरीको कोशी गाउँपालिका क्षेत्रको भण्टाबारीबाट पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले कोशी गाँउपालिका ८ का शम्भु कविरथलाईं पक्राउ गरेको हो।  

विशेष सुराकीको आधारमा पक्राउ परेका कबिरथको साथबाट प्रहरीले ९.५४० ग्राम ब्राउन सुगर वरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनायो। पक्राउ परेका शम्भुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम जिल्ला अदालत सुनसरीबाट मुद्दा चलाएर अनुसन्धान थालिएको छ।

सुनसरीमा ब्राउन सुगर प्रयोगकर्ताको संख्या बढीरहेको छ। लागुऔषध प्रयोगकर्ताले ब्राउँन सुगर प्रयोग गरे हाई स्ट्यान्डर्ड सम्झने र कारोबारीको रुट पनि कोशी पूर्वको कोशी गाउँपालिका क्षेत्र भएकाले गर्दा बढीले प्रयोग गर्ने गरेका छन्। लागूऔषध प्रयोगकर्ताको हिसावले काठमाडौंपछि सुनसरी देशकै दोस्रो ठूलो जिल्लामा पर्छ।

सुनसरीमा ६२ किलोमिटर खुल्ला सीमावर्ती क्षेत्रबाट पनि लागूऔषध नेपाल भित्र्याउन सहजै छ। यतिबेला भने भारतबाट नेपाल भित्रयाउन मकैबारी भएकाले गर्दा लुकछिपी अझ सहज हुने गरेको छ। सुनसरी क्षेत्रको कुनै नाकामा प्रहरीको सक्रियता बढ्यो भने लागूऔषध कारोबारीले रुट परिवर्तन गर्छन् । खुल्ला सीमा नाकाको क्षेत्र बढी भएकाले गर्दा पनि यहाँ लागूऔषध भित्र्याउन सहज भएको प्रहरीको दावी छ।

विशेषगरी लागुऔषधको लतमा फस्नुको कारणमा आफूभन्दा सिनियरको सिको, रहर अनि विस्तारै बानी बस्नु नै हो । यही ढंगले अधिकांस  कुलतमा फस्ने गरेका छन्।  कतिपय भने घरपरिवारको वातावरण बिथोलिएर मानसिक तनाब कम गर्ने निहुँमा पनि कुलतमा फस्ने गरेका छन्।

लागुऔषध सेवनकर्ताको हातखुट्टाको हडी चिलाउने, खानाप्रति रुची नहुने लगायतका समस्या हुने गर्छन्। कसैकसैमा हातखुट्टा फ्याक्ने, कराउने र निन्द्रा नलाग्ने समस्या पनि हुन्छ। यी समस्याले कुलतमा फसेकालाई पिरोलेपछि उनीहरु चिन्तामा डुबेर थप लागुऔषध सेवन र प्रयोगमा लाग्ने गरेका हुन्छन्। 

प्रकाशित: २७ जेष्ठ २०७८ १२:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App