coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लाङ्टाङमा कोरोना परीक्षण

पर्यटकीय क्षेत्र लाङ्टाङको स्वास्थ्यचौकीमा कोभिड १९ को प्रारम्भिक परीक्षण शुरु भएको छ । हिउँद यामको अधिकांश समय हुने  हिमपातको चिसोपनले   सामान्य रूघाखोकी लाग्नासाथ कोरोना सङ्क्रमणकै आशंका बढिरहेको वर्तमान अवस्थामा  गोसाइँकुण्ड गाउँपालिकाले गाउँघरमै एन्टिजेन परीक्षण गराउने व्यवस्था मिलाएपछि लाङ्टाङका बासिन्दामा उत्साह बढेको छ ।

एन्टिजेन परीक्षणका लागि आफूले धुञ्चेस्थित जिल्ला अस्पतालबाट तालीम लिएको  जनाउँदै लाङ्टाङ स्वास्थ्यचौकीका प्रमुख खम्बु बोहोराले कुनै पनि प्राथमिक उपचारमा आफू २४ सै घण्टा तयार रहेको बताए । उच्च क्षेत्रमा बसोबास गर्ने  हिमाली बासिन्दा  एवं आगन्तुक  पर्यटकलाई पर्न सक्ने  स्वास्थ्य समस्या  स्थानीयस्तरमै समाधान गर्न लाङ्टाङ स्वास्थ्यचौकीबाट   एन्टिजेन प्रविधिद्वारा कोरोना परीक्षणका साथै अक्सिजन समेतको व्यवस्थापन भएको छ ।  लाङ्टाङ क्षेत्रमा पुग्ने पर्यटकलाई पदयात्रामा हुन सक्ने श्वासप्रश्वासको समस्या  स्थानीयस्तरमै समाधान गर्न यस कार्यले सहज भएको पर्यटन व्यवसायी तेम्बा लामाले बताए ।  रासस 

प्रकाशित: २७ जेष्ठ २०७८ ०८:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App