८ वैशाख २०८१ शनिबार
समाज

सत्यवती दर्शनकालागि केबलकार निर्माण हुने

सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्डको केराबारी र झुम्साबाट उकालो चढेपछि झण्डै ३ घण्टाको पैदल यात्रापछि सत्यवती तालमा पुग्न सकिन्छ। मन्दिरमा भगवानसँग मनमनै वर तथा आर्शीवाद माग्ने गरिन्छ। तर सत्यवती मन्दिरमा चिच्याएरै वर माग्ने मेला लाग्ने गर्दछ। सत्यवती बज्यै कानले नसुन्ने भएकाले भक्तजनले चिच्याएर वर माग्ने चलन रहेको मन्दिर पुग्न भने केबलकार निर्माण हुने भएको छ।  

तिनाउँ गाउँपालिका–४, सत्यवती मन्दिर तथा ताल क्षेत्र ऐतिहासिक, धार्मीक तथा पर्यटनको दृष्टिले परिचित गन्तव्य स्थान हो। जुन ताललाई वरिपरि घना जंगलले घेरिएको छ। यस क्षेत्रमा दुइटा मन्दिर छन्, सत्यवती बाजे र सत्यवती बज्यैको। जहाँ वर्षको एक पटक तीन दिनसम्म ठूलो मेला लाग्ने गर्दछ।  यस क्षेत्रमा पुग्नको लागि कच्चि सडक निर्माण भएको छ । तर मेला लाग्ने समयमा यस क्षेत्रमा उक्त सडकयात्रामा समेत प्रतिबन्ध लगाईने गर्दछ। 

बाटोमा भक्तजनहरुको घुईँचो र सडक साँघुरो तथा घुमाउरो भएका कारण सडकबाट उक्त समयमा भेला भर्न जान प्राय असम्भव हुने गर्दछ । यहि कारण सत्यवतीमा केबलकारको स्थापना हुने भएको हो । पर्यटन प्रवर्धन गने उद्धेश्यले नीजि क्षेत्रको लगानीमा सत्यवती ताल मन्दिर र त्यस क्षेत्रको प्रचार प्रसार र पर्यटन प्रवर्धन उद्धेश्यले केबुलकारको स्थापना गरिन लागेको हो।  

सत्यवती दर्शन प्रालीको १ सय १० करोड रुपैयाँको लगानीमा तिनाउ गाउँपालिकाको चौबिस माइल देखि मन्दिर नजिक १ हजार ३ सय ५० मिटर लम्बाइको केबुलकार निर्माण गर्न लागिएको प्रालिका सञ्चालक डिल्लीराज बस्यालले बताए । उनी भन्छन्, ‘कोभिड संक्रमणको समान्य अवस्था भए पछि १८ महिनाको अवधिमा निर्माण कार्य पुरा गरिने र त्यसका लागि आवश्यक पुर्वाधारको निर्माण कार्य अगाडि बढाइएको छ।’ यता सत्यवति मन्दिर निर्माण कार्यका लागि नेपाल सरकारले डिपिआर समेत तयार गरिसकेको छ।  

सत्यवती मन्दिरमा कार्तिक महिनाको पूर्णिमाको दिन यस मन्दिरमा विषेश पूजा हुने भएकोले चिच्याएर वर मागे पुरा हुने धार्मिक जन विश्वास रहेको छ । यस मन्दिरमा दर्शनका लागि घण्टै सम्मको पैदल यात्राबाट स्वदेशी तथा भारतिय भक्तजनहरु आउने गरेको स्थानिय बासिन्दा तथा वडा अध्यक्ष दान बहादुर गाहाले बताए।  

सांस्कृतिकरुपमा समेत उत्तिकै महत्व रहेको यस क्षेत्रमा भारतको उत्तरप्रदेश र विहार बाटद समेत धार्मिक आस्थाका कारण अन्य समयमा समेत भक्तजनहरु आउने गर्दछन् । पछिल्लो समयमा सडकको स्तर उन्नति भए पछि सहज भए पनि केबुलकार संचालनमा आएपछि भारतिय पर्यटकहरुको उल्लेखिय रुपमा वृद्धि हुने गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तीले बताए ।  

केबुलकारसँगै पर्यटकलाई लक्षित गरी खाजा घर अथिती गृहको निर्माण गरिने निर्माण कम्पनीले जनाएको छ। सिद्धार्थ राजमार्गको चौबिस माइल, झुम्साबाट सडकले जोडिएको यस क्षेत्र अग्लो ठाउँ भए पनि सिमसार क्षेत्र भएकाले पृथक विषेशता भएको यस क्षेत्रमा पर्यटन बिकासमा केबुलकारका निर्माणले सहयोग गर्ने स्थानियहरु बताउँछन्। प्रत्येक वर्ष मन्दिरबाट संकलन हुँदै आएको रकम मन्दिर र ताल संरक्षणमा र केही रकम गाउँपालिकालाई सहयोग गर्दै आएको वडाध्यक्ष दानबहादुर गाहाले बताए।

प्रकाशित: २६ जेष्ठ २०७८ ०४:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App