७ वैशाख २०८१ शुक्रबार
समाज

पाँचथरको हिलिहाङमा भएको सवारी दुर्घटनामा मृत्यु हुने दुवै थेचम्बुका

पाँचथरको हिलिहाङ गाउँपालिका टारीमा भएको सवारी दुर्घटनामा परी मृत्यु हुने २ जनाको पहिचान खुलेको छ। 

उनीहरु दुबै ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका वडा २ थेचम्बुका रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर बिश्वकर्माले जनाएका छन्।

उनका अनुसार मृत्यु हुनेमा अन्दाजी ३०–३२ वर्षीय मिलन बिष्ट र २५ वर्षीया सीता अधिकारी रहेका छन्। पाथीभरा याङ्वरक गाउँपालिकाकाको केन्द्र थेचम्बुतर्फ खाद्य सामग्री बोकेर आँउदै गरेको १–०१–००१च७६९१ नम्बरको गाडी मंगलवार बिहान दुर्घटनामा परेको थियो। 

प्रकाशित: २५ जेष्ठ २०७८ ०९:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App