coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

भीमकाली गुल्मलाई प्रदेश १ सरकारको सम्मान

प्रदेश १ सरकारले फुङ्लिङ स्थित भीमकाली गुल्मका गुल्मपति राजन बस्नेतलाइ प्रशंसापत्रद्वारा सम्मान गरेको छ।

गत फागुन १८ गते ताप्लेजुङको मेरिङ्देन गाउँपालिका स्थित दोभान बजारमा लागेको आगो नियन्त्रणमा गुल्मबाट तत्काल उद्धार कार्यमा खटिएर जनताको सुरक्षार्थ देखाएको बहादुरीको प्रशंसा गर्दै मुख्यमन्त्री शेरधन राईले प्रशंसापत्र प्रदान गरेका छन्।

प्रदेश सरकारले दोभान बजारका आगलागी पीडितहरुलाइ गरेको राहत वितरण कार्यमा समेत उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै भीमकाली गुल्मप्रति आभार व्यक्त गरेको छ। 

प्रकाशित: २४ जेष्ठ २०७८ ०७:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App