coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कारबाही गर्ने निकाय आर्थिक प्रलोभनमा पर्दा खोलामा ठेकेदारको मनोमानी

स्थानीय तहहरूले ठेक्का लगाएको नदीजन्य पदार्थको उत्खनन् कार्यमा ठेकेदारहरूले मनोमानी गरेको देखिए पनि कार्बाही गर्ने अधिकार पाएको समन्वय समित, जिल्ला प्रसाशन मौन बसेको छ।

कार्बाही गर्ने निकाय जिल्ला समन्वय समितिका प्रमुख नवलकिशोर सिँह, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र ईलाका प्रहरी कार्यालय सिमरा, निजगढ, कोल्हबीका प्रहरी प्रमुखहरु आर्थिक प्रलोभनमा पर्दा खोलाहरुमा ठेकेदारहरुबाट आफूखुसी उत्खनन गरिएको स्थानीयको गुनासो छ।

जिल्लाको चुरे क्षेत्रमा रहेको खोलाबाट नदीजन्य पदार्थको उत्खनन् गर्न वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा एउटा स्काभेटर प्रयोग गर्न उल्लेख गरिए पनि ठेकेदारहरुले धेरै स्काभेटर प्रयोग गरेर चार मिटरसम्म उत्खनन गर्ने स्थानहरुमा १० फिट गहिरोसम्म नदीजन्य पदार्थ निकालिरहेका छन्।

चुरे क्षेत्रका खोला ठेक्का लगाएका स्थानीय तहका प्रमुखहरुले आर्थिक लाभ लिन ठेकेदारहरुलाई बढी स्काभेटर प्रयोग गर्न दिनु  र त्यही बहाना बनाएर कार्बाही गर्नुको साटो समन्वय समिति, प्रहरी प्रशासनसमेतले आर्थिक लाभ लिएर संरक्षण गरिरहेको वडा अध्यक्षहरुले आरोप लगाएका छन्।

अहिले जिपतपुरसिमरा उपमहानगरपालिकाले ठेक्का लगाएको पसाल, दुधौरा, बालगंगा खोलाहरुमा ठेकेदारले आफुखुसी उत्खनन गरेर नदीजन्य पदार्थ निकाल्ने गर्दै आएका छन् भने, निजगढ र कोल्हबी नगरपालिकाले ठेक्का लगाएको बकैया खोलाबाट पनि ठेकेदारहरुले दिउँसो मात्रै स्काभेटर प्रयोग गर्नु पर्नेमा राती राती समेत स्काभेटर प्रयोग गरेर खोलाबाट नदी जन्य पदार्थ उत्खनन गरिरहेका छन्।  

जितपुर सिमरा उपमहानगरपालिकाबाट चालू आर्थिक वर्षका लागि  पसाहा, बालगंगा र दुधौरा खोलाहरुबाट नदीजन्य पदार्थ उत्खनन गर्न कलैयाको बिनोद निर्माण सेवालाई ९३ लाख ५९ घनफिट नदीजन्य पदार्थ उत्खनन गर्नको लागि १२ करोड ७६ लाखमा ठेक्का दिएका्े उपमहानगरपालिकाले जनाएको छ।

खोलाबाट आफूखुसी नदीजन्य पदार्थ उत्खनन गरे पनि कार्बाही गर्ने जिल्ला समन्वय समिति प्रमुख सिँह, प्रमुख जिल्ला अधिकारी पौडेल र प्रहरी मौन बसेको आरोप जितपुरसिमरा उपमहानगरपालिकाको वडा अध्यक्षहरु भोजबहादुर खात्री र केदार बजगाईले आरोप लगाएका छन्।

निर्माण सेवाका प्रोपराइटर शेषनाथप्रसाद साहले आफू खोलाहरुमा नजाने र साझेदार रहेका शिवनाथ पटेल, ओमशंकर साहले खोलामा जाने गरेकोले उनीहरुले खोलामा गरेकौ कुरा आफूलाई थाहा नभएको तर्क गरे।

जिल्ला समन्वय समितिका प्रमुख नवल किशोर सिँहले आफू कोरोनाको कारणले बाहिर जान छोडेकोर खोलाहरुको अनुगमन गर्न नसकिएको तर्क गरे। ठेकेदारहरुले खोलामा धेरै स्काभेटर प्रयोग गरेर रातीको समयमा पनि उत्खन्न गरेकोमा पत्रकारहरुले लेख्नु पर्ने सल्लाह दिएर आफु बच्न खोजे।

बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बालगंगा खोलामा ठेकेदारले जथाभावी उत्खन्न गरेको जानकारी आए पछि ईलाका प्रशासन कार्यालय सिमराका प्रमुखलाई मौखिन खोलाको उत्खनन रोक्न आदेश दिएको र अन्य खोलाहरुमा ठेकेदारले बदमासी गरेको छ भने स्थानीयहरुबाट लिखित उजुरी परे पछि कार्वाही गर्ने तर्क गरे।

ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख लक्षुमण ढकालले आफु पनि खोलाको अनुगमन गर्दा बालगंगा खोलामा बिनोद निर्माण सेवाका प्रोपराइटर साहले जथाभावी उत्खनन गरेको देखिएको र त्यसलाई पुनः जितपुरसिमराका प्रमुख प्रशासकिय अधिकृतलाई भनेको बताएका छन्।

प्रकाशित: २२ जेष्ठ २०७८ १०:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App