७ वैशाख २०८१ शुक्रबार
समाज

छोरी बलात्कार आरोपमा बाबु पक्राउ

उदयपुरका एक पुरुष छोरी बलात्कार अभियोगमा पक्राउ परेका छन् । कटारी नगरपालिका १ बेलसोतका ३५ वर्षीय बाबुलाई आफ्नै छोरी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो ।  

गत मंगलबार राति ८ः०० बजेको समयमा छोरीलाई जबरजस्ती गरेर फरार भएको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटेको टोलीले पक्राउ गरेको हो । बालिकामाथि आफ्नै बाबुबाट बलात्कार भएको उजुरी बिहीबार परेपछि इप्रकाका डिएसपीको टोली खटेर खोजतलास गर्दा गाउँमै लुकिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।  

अभियुक्तलाई इप्रकाको हिरासतमा राखेर अनुसन्धान सुरु भएको छ । उनीमाथि बलात्कार अभियोगविरुद्ध कारबाही गर्ने तयारी भईरहेको जिल्ला प्रहरीले जनाएको छ ।

प्रकाशित: २० जेष्ठ २०७८ १५:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App