coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पाँचथरमा निषेधाज्ञा थपियो, औषधि पसलबाहेक सबै बन्द

कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि पाँचथर जिल्लामा थप कडाई गर्दै सात दिनका लागि निषेधाज्ञा थपिएको छ । सोमबार सम्पन्न जिल्ला कोभिड जोखिम व्यवस्थापन केन्द्रको बैठकले यसअघि भन्दा थप कडाई गर्ने निर्णय गरेको हो ।

तीन साता अघिदेखि जिल्लामा निषेधाज्ञा जारी भएको थियो । यसअघिको निषेधाज्ञा केही खुुकुलो थियो । औषधि पसलबाहेकका पसलहरु पूर्ण रुपमा बन्द गरिने छ । तरकारी, दूध र फलफूलका लागि पनि विहान ६ देखि आठ बजेसम्म मात्र सञ्चालन हुने छ । निर्माणका काम बन्द गर्ने निर्णय भएको छ भने खाद्यान्नका गाडीसमेत सञ्चालन गर्न नदिने भएको छ । 

कोरोना भाइसरको संक्रमण बढ्दै गएकाले कडाई गरीएको हो । आदेश उल्घंन गर्नेलाई कोभीड १९ संकट व्यवस्थापन अध्यादेश मार्फत कार्वाही गरीने पाँचथरका प्रमुख जिल्ला अधिकारी पुन्यप्रसाद ढकालले बताए ।

संक्रमितको होम आईसाेलेसनको अनुगमन समेत गर्ने तयारी भएको छ । जिल्लामा संक्रमितको संख्या ७ सय २७ पुगेको छ । यो मध्ये २ सय ९३ जनाले कोरोना जितेका छन् । जिल्लामा पोजेटिभ भएर मृत्यु हुनेको संख्या तीन रहेको छ । तर जिल्लामै विरामी भएपनि अन्यत्र गएर परीक्षण गर्दा पोजेटिभ आएका थप ६ जनाको मृत्यु भईसकेको छ ।  

प्रकाशित: १७ जेष्ठ २०७८ १५:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App