coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एकै दिन रौतहटका पाँच संक्रमितको मृत्यु

केही दिनदेखि कोरोना संक्रमण हुने र मृत्यु हुने दर कम हुँदै गएको रौतहटमा एकै दिन पाँच जनाको मृत्यु भएको छ । विभिन्न ठाउँमा गरी रौतहटका पाँच जनाको एके दिन मृत्यु भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।  

हरेक दिन कोरोना संक्रमित तथा मृतकको तथ्यांक सार्वजनिक गर्दै आएको जिल्ला प्रशासन कार्यालय रौतहटले आइतबार जनाए अनुसार गत चौबिस घन्टामा रौतहटका पाँच जना संक्रमितको विभिन्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।  

रौतहटको देवाही गोनाही नगरपालिका ४ का ४५ वर्षीय एक जना पुरुष र कटहरिया नगरपालिका ३ की ५० वर्षीया एक महिलाको उपचारको क्रममा भरतपुरमा मृत्यु भएको छ । यसै गरी माधव नारायण नगरपालिका ८ का ६० वर्षीय पुरुष र गढीमाई नगरपालिका ४ का ५५ वर्षीय पुरुषको उपचारको क्रममा वीरगंजमा मृत्यु भएको छ । यसैगरी चन्द्रपुर नगरपालिका १ का ५३ वर्षीय एक पुरुषको हेटौँडामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

रौतहटमा पछिल्लो २४ घन्टामा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी गराएका छन् ।

प्रकाशित: १६ जेष्ठ २०७८ १५:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App