६ वैशाख २०८१ बिहीबार
समाज

बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु

बाँकेमा थप दुई जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुने दुबै जना दाङका हुन्। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको ‘जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र’ बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए।  

उनका अनुसार राप्ती गाउँपालिका वडा नम्बर ६ दाङकी ५२ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा उनको आज(शनिबार) बिहान ६ बजेर ३० मिनेटमा मृत्यु भएको हो। स्वास्थ्यमा समस्या आएपछि उनी शुक्रबार(हिजो) शिक्षण अस्पतालमा आएर भर्ना भएकी थिईन्। मेडिकल कलेजमा पिसिआर परीक्षण गर्दा शुक्रबार उनलाई कोरोना पुष्टी भएको थियो।

यस्तै लमही नगरपालिका वडा नम्बर ३ दाङका ४० वर्षीय पुरुषको पनि मृत्यु भएको छ। शिक्षण अस्पताल कोहलपुरमै शुक्रबार राती ७ बजेर १५ मिनेटमा मृत्यु भएको हो। यही जेठ ९ गते दाङमा पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ भएको थियो। त्यसपछि जेठ १३ गते शिक्षण अस्पताल कोहलपुरमा आएर भर्ना भएका थिए। योसँगै बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएका २ सय ७३ जना र बाँकेका मात्र २ सय ८८ जनाको मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिए।

प्रकाशित: १५ जेष्ठ २०७८ ०३:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App