coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बारपाकमा चिकित्सकको थप टोली पठाइयो

गोरखाको बारपाक

गोरखाको बारपाकमा कोरोना संक्रमण समुदायमा फैलिएको आशंकामा थप चिकित्सकको टोली बारपाक पठाइएको छ। गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत पनि चिकित्सकको टोलीमा सहभागि छन्।  

दुई जनाविषेशज्ञ डाक्टर, एकजना मेडिकल अधिकृत, नर्सिङ स्टाफ, एकजना मनोसामाजिक परामर्शकर्ता र एक जनस्वास्थ्य अधिकृत सहितको टोली बारपाक पुगेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक बिनोदबिन्दु शर्माले बताए।  

बारपाक पुगेर टोलीले घरघरै बिरामीको स्वास्थ्य परीक्षण गर्नेछ। कोरोनाको लक्षण भएकाले परीक्षण नगराएकोले उनीहरुलाई सचेतना जगाउन स्थानीय अगुवालाई परिचालन गरिने, मनोसामाजिक परामर्श दिने, उपचार गर्ने र औषधी बितरणको काम चिकित्सक सहितको टोलीले गर्नेछ। एन्टिजेन, पिसिआर दुबै जाँच गरिने निर्देशक शर्माले बताए।  

‘त्यहाँ उपचार गर्न नसकिएकालाई गोरखा अस्पताल र गोरखामा पनि नसकिएकालाई पोखरा ल्याएर भएपनि उपचार गर्ने हो,’ शर्माले भने। जिल्लाबाट पनि डाक्टर सहितको एक टोली बारपाक गएको छ। चिकित्सकको टोली दुईदेखि तीनदिनसम्म त्यहाँ रहनेछन्।

संक्रमण दर बढेको र लागातार मानिसको मृत्यु हुन थालेपछि गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक लिएर सरकार प्रवक्ता समेत रहेका मन्त्री बस्नेत आफै बारपाक पुगेका हुन्। गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडी, धनमाया लामा पोखरेल पनि बारपाक पुगेका छन्।

गाउँपालिकाले स्वास्थ्यकर्मीको थप टोली पठाएको जनाएको छ। लगातार वर्षातका कारण बारपाक जाने कच्ची सडकमा यात्रा गर्न भने त्यसतर्फ हिँडेका टोलीलाई सास्ति भएको छ। बारापकमा जेठ १ गतेयता मृत्यु हुनेको संख्या १३ पुगेको छ। बारपाक सुलिकोट गाउँपालिकाको १–२ वडामा बारपाकको बस्ती फैलिएको छ । बारपाकमा मात्र करिब ११ सय घर रहेका छन्।

प्रकाशित: १४ जेष्ठ २०७८ ०६:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App