१६ मंसिर २०७८ बिहीबार
समाज

भारतबाट १६ वर्षीया बालिकाको उद्धार

नेपालको कञ्चनपुरमा १६ वर्षीया रीमा यादव (नाम परिवर्तन) दस कक्षामा अध्ययनरत थिइन्। उनको नृत्य नै सबैभन्दा ठूलो सपना थियो।

विद्यालयमा सबैको आफ्नो नृत्यले मन जितेकी उनी आफ्नो जीवनमा नृत्यमा नै केन्द्रीत रहन चाहन्थिन्। उनले आफ्नो सपनाबारे सबै इष्टमित्रलाई पनि भन्ने गर्थिन्। उनले सधै नृत्य नै गरेको सपना देख्थिइन्।

आमाबाबु पनि उनको सपनामा सपोर्ट गर्दथे। तर, उनीहरुको चाहना भने छोरीले पढाइ सकेपछि सपनातिर लागून भन्ने रहेको थियो। महेन्द्रनगरमा महोत्सव लागेको बेला उनी गएकी थिइन्। त्यहाँ पुगेपछि उनले आफूले सिकेको नृत्य प्रस्तुत गरिन्। 

उनको नृत्य देखेर केही समयपछि उनको सामु दुई युवती आए र तारिफसमेत गरे। उनलाई ती युवतीहरूले भने बहिनी तिमी साह्रै राम्ररी नाच्दी रहेछौ। अब तिमीले ठूलो ठाउँमा नृत्य प्रस्तुत गर्नुपर्छ र फेमस बन्न र धेरै पैसा कमाउन सहयोग गर्छौ बहिनी भनी उनीहरूको नम्बर लिए।

दिन बित्दै गयो। एक दिनको कुरा हो। उनको आमासँग सामान्य कुरामा वादविवाद भयो। उनले ती युवतीहरूलाई सम्झिन्। घरलाई थाहा नै नदिई उनले कल गरिन्। यो नै सायद उनको दुर्भाग्यकाको सुरुवात थियो। 

बालिका कसरी पुगिन् भारत? 

फोन वार्तामा कुरा भए अनुसार उनीहरूले छलफल गरे । एक स्थानमा बोलाइए अनुसार उनी ती युवतीहरूलाई भेट्न पुगिन्। यस विषयमा उनको परिवारलाई केही अत्तोपत्तो थिएन। त्यहाँ पुगेकी रीमाले महोत्सवमा भेटेकी युवतीहरूलाई भेटिन् । अरू पनि २ जना उनी जस्तै बालिकाहरू पनि रहेका थिए। यसपछि उनीहरूको यात्रा सुरु भयो। 

वैकल्पिक नाका तथा जंगलको बाटो हुदैँ भारतीय नाकामा पुगे। भरतीय नाका पार गरेपछि उनीहरूको वनबसा भन्ने स्थानमा पुगे। उनीहरू त्यहीँको एक होटलमा एक रात बास बसे। अर्को दिन उनीहरूको योजना राजधानी दिल्ली जाने रहेको थियो। 

दिउँसोको करिब ३–४ बजेको बीचमा उनीहरू बसपार्क पुगे । उनीहरूको टिम त्यहाँ पुगेपश्चात उनीहरूलाई ल्याउने युवतीको मोबाइलमा पटकपटक फोन आइरहेको थियो भने फोनमा कुरा गर्दा तनावमा देखिन्थे। ती युवतीहरूले बालिकाहरूलाई यस विषयमा भने केही पनि भनिरहेका थिएनन्। रीमालाई अन्तिम पटक खानेकुरा र बोतलमा पानी पिउन दिएको याद छ। त्यसपछि उनी बेहोस भइन् र आफू बिउँझिदा उनले आफूलाई बसपार्कको बेन्चमा एकलै पाइन्। उनी अरूलाई नदेखेपछि आतिन र उनी डराइन्। 

केही समयपछि आउने आशामा बसिन् तर उनलाई कसैले पनि फर्केर आएनन्। बालिकाले कसरी सडकमा दिन् बिताइन्? एक्लै उनी नयाँ देशमा एक्लै भइन्। कुनै पनि विकल्प नभएपछि उनी भिख माग्दै हातमुख जोड्न थालिन्। १० दिन उनले भिख र सानो स्थानमा प्लास्टिकले घेरेर आफ्नो वा स्थान बनाइन्। 

उनले दिउँसोको समयमा नजिकैको पान पसलमा आफ्नो सानो थैलीमा रहेको कपडा राखेर कामको खोजीमा हिँड्थिइन्। तर काम भने कतै पनि पाइएन। केही समय यसरी नै कामको खोजीमा हिँडेकी उनलाई पान पसलेले काम नभएको र यस्तो लावारिस अवस्थामा देखेर उनीसंग कुरा गरे।

 ती पसललले आफ्नो गाउँ लाने र त्यही कामको व्यवस्था पनि गरिदिने लोभ देखाए। कुनै पनि अरू बाटो नभएपछि बाध्य रीमाले हुन्छिन् भनेर पसलेसंगै लागिन्। पसलले कहाँ लग्यो बालिकालाई? पान पसलेले उनलाई उतर प्रदेशको अमरोहा जिल्लाको गंगेश्वरी भन्ने ठाउँमा रहेको आफने घरमा लगे। यो स्थानको थाना रहराअन्तर्गत पर्दछ।

बाालिकाले बन्धक बनेको बारे कसरी खबर गरिन्?

रीमा पसलेको घरमा बन्धक बनिन्। उनलाई सबै घरको काम गर्न लगाइनुका साथै शोषण पनि गरिन्थ्यो। उनी त्यहाँ यसरी बन्धक बनेको ३ महिनापछि आफू कसैको मदत माग्ने सोच बनाइन्। यसका लागि उनले धेरै लामो प्रतिक्षा गरिन् र एक दिन उनले यूट्यूब हेर्ने बहानामा मोबाइल मागिन्। एक कुनामा गएर आफूलाई याद भएको र आफूले चिनेको नम्बरमा मेसेज गरिन्। उनले ती चिनेको व्यक्तिलाई आफ्नो सम्पूर्ण कुरा बताइन्। उनले पठाएको मेसेजले ठूलो काम गर्यो। ती चिनेको व्यक्तिले रीमाको बाबुआमालाई खबर गर्न मदत गर्यो। उनको बाबुआमाले पनि उक्त नम्बरद्धारा थाहा पाए कि छोरी भारतमा छिन्।

महिनौपछिको त्यो एक कलले काम गर्यो र बाबुआमालाई छोरी कसरी भारतमा पुगिन् भन्ने विषयमा अचम्म लाग्नुका साथै छोरी जिउँदै छिन् भनेर उनीहरू सारै खुसी भए। 

कसरी गरियो उनको उद्धार ?

रीमाका बाबुआमाले प्रहरीलाई उजुरी गरेता पनि कुनै सुराग भेटिएको थिएन्। फेरि पनि प्रहरी कहाँ उनका बाबुआमा पुगे यो खबर आएको भने। महेन्द्रनगरको प्रहरीको सहयोगमा आफन्त नेपालका कार्यकारी निर्देशक इन्द्रराज भट्टराईलाई उनकी छोरीको रेस्क्यूमा मदत गर्न सहयोग मागियो। 

घटना भारतमा भएकाले केआइ इन्डियाका कार्यकारी निर्देशक नवीन जोशीलाई यस विषयको खबर गरियो। त्यसपछि उनको उद्धारका लागि जोशीले प्रशासन निकाय, क्राइम ब्रान्च दिल्ली र एन्टी हयूमन ट्राफिकिंग यूनिट एएचटियूसंगको विशेष सहकार्यमा दिल्लीबाट २०० किमि टाढा यूपीको यात्रा पार गरेर उनको नम्बर ट्रेसको आधारमा बन्धक बनेकी रीमा कहाँ पुगेको जोशीले जानकारी दिए। 

रीमालाई त्यहाँबाट निकाल्नुका साथै पसलेलाई पनि प्रहरीलाई नियन्त्रणमा लिएको उनले बताए। यस कार्यमा सफलताका लागि हाम्रो टिमको बराबर भूमिका रहेको उनले थपे। यस सफलतामा भारतस्थिथत नेपाली राजदूतमा कार्यरत एसएसपी विरेन्द्र बस्यालले ठूलो सहयोग गरेको पनि उनले बताए।

उद्धारपछि बालिकाको बाबुले उनलाई घर लिएर गएका छन्। ती बालिकालाई नेपाली राजदूतवास,सिडब्लुसी, केआइ इन्डिया र प्रहरीको निर्णयमा हस्तान्तरण गरेको उनले बताए। यो कार्य हामीले चार दिनमा सम्पन्न गर्यौ उनले जानकारी दिए। 

के भन्छन् एसएसपी विरेन्द्र बस्याल?

भारतस्थित नेपालको राजदूतमा ५ महिनादेखि आबद्ध रहेका एसएसपी विरेन्द्र बस्यालका अनुसार यस्तो महामारीको बेला पनि केसहरू आइरहेका छन्। दुर्गम क्षेत्र हुँदै नाबालक तथा बालिकाहरुलाई भारत हो कि नेपाल समेत थाहा हुँदैन जसका कारण अपराधमा उनीहरू फस्ने उनले बताए। अहिले केही मात्रामा यससंग सम्बन्धित घटनाहरू घटे पनि रोकिएको छैन। 

हामी सदैव सम्बन्धित निकायहरूसंगको सहकार्यमा निरन्तर लागिरहेका छौँ। नेपालीलाई संरक्षण गर्नु नै हाम्रो कर्तव्य हो उनले भने। यस किसिमको घटनाहरूलाई नियन्त्रण गर्न र रोक्न सबै निकायलाई लिएर अघि बढ्छौँ। नेपाल र भारतको सिमानामा कडाइ गर्नुका साथै स्पेसल प्रोग्राम राख्न आवश्यक छ उनले बताए। हामीलाई भारत प्रहरीको सहयोग पनि मिलिरहेको छ। ३ महिना दुखकष्ट जीवन बिताएकी ती बालिका घर फर्केकी छिन्। उनलाई बन्धक बनाएका पसले भारतीय नागरिकको मुद्धा दर्ता भएको छ।

प्रकाशित: १२ जेष्ठ २०७८ १९:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App