८ वैशाख २०८१ शनिबार
समाज

बर्दियामा जंगली हात्तीको आक्रमणः सेनाले घेरेर बचाए वार्डेन

सोमबार राती ९ बजे घर बाहिर बसिरहेकी गेरुवा गाउँपालिका–१ की ३७ वर्षीया चन्द्रा विकलाई जंगली हात्तीले कुल्चेर मार्‍यो। चन्द्रा विक सँगै रहेकी तीन वर्षीय छोरी दिपा उछिट्टिएर सख्त घाइते भइन्। घटनास्थल पुगेको प्रहरीले तत्काल घटनास्थलदेखि ३० मिटर सुडमा बाँधेर राखेको शव नियन्त्रणमा लियो। 

हात्ती आक्रमणबाट घाइते भएकी तीन वर्षीया दिपालाई उपचारका लागि शिक्षण अस्पताल बाँके पठाएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए। उनका अनुसार रातभर जाग्राम भएर बसेको प्रहरीले निकुन्जमा पटक पटक खबर गर्दा घटनास्थल तर्फ निकुन्जको टोली ढिला पुगेको थियो। ‘सोमबार राती ९ बजे हात्तीले बच्ची र आमालाई एक साथ आक्रमण गरेको थियो’, एसपि कार्कीले भने,‘घटनालगत्तै गाउँमा रुवाबास चलेको थियो, प्रहरीले रातभरीनै सम्झाई बुझाई गाउँलेलाई सम्हाल्यो।’

तर निकुन्जको टोली तत्काल उत्तरदायित्व बहन गर्दा स्थानीयमा आक्रोश बढ्दै गएको उनी बताउँछन्। मंगलबार ठिक २ बजे प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठ काजक्रियासहित घटनास्थल पुुग्दा भने पीडित परिवार आक्रोश थेग्न नेपाली सेनाले घेरा बनाएर वार्डेनलाई सुरक्षा दिन परेको स्थानीय रामबहादुर चौधरीले बताए।  

उनका अनुसार वार्डेनलाई आक्रोश साध्न गाउँनै उल्टिएको थियो। स्थानीयलाई हात्ती आक्रमणको घटनाबारेमा उनीहरु आक्रोषित भएका थिए। हतियारधारी सेनाले वार्डेनलाई घेरेर बचाएको उनले बताए।  

प्रहरी र सेना नभएको भए अप्रिय घटना घट्न सक्ने अवस्था सिर्जना भएको उनले बताए। मध्यवर्ती क्षेत्रभित्र पर्ने सरखोल गाउँ जंगली हात्ती आक्रमणबाट यो घटना पहिलो थिएन। चैत २९ गते गाउँपालिकाको भटेरा ६० वर्षीय भुन्टी बोहराको हात्तीको आक्रमणवाट मृत्यु भएको थियो। दैनिक निकुन्जबाट आउने हात्तीले गाउँलेको अन्नबाली खान आउँदा हात्तीको आक्रमणबाट स्थानीयले ज्यान गुमाउनु परेको छ।  

निकुन्जको टोली घटनास्थल बिहान पुगेको वार्डेन विष्णुप्रसाद श्रेष्ठले बताए। ‘हामी एउटा टोली घटनास्थल तर्फ पठाएका थियौ,’ उनले भने,‘हामी अर्को व्यवस्थापनमा लाग्दा मसहित टोली घटनास्थलतर्फ ढिलो पुग्यो।’ घाइते बच्चीको उपचारका लागि पैसाको जोहो गर्न थाल्दा ढिलाई भएको श्रेष्ठले स्वीकारे। ‘हात्तीको आक्रमणबाट एक जनाको ज्यान गयो’, उनले भने,‘बच्चीलाई बचाउन सकिन्छ कि भन्नेमा हामी लाग्यौ, जसरी पनि ज्यान बचाउनु हाम्रो प्राथमिकतामा परेको हो।’ उनका अनुसार घाइते बच्ची दिपाको पनि उपचारको क्रममा मृत्यु भयो।

घटनास्थलमा पुगेर चन्द्राको काजकिरिया वापत ५० हजार रुपैयाँ पीडित परिवारलाई हस्तान्तरण गरेको उनले जानकारी दिए। बच्ची दिपाको पनि काजकिरिया वापत रकम बुधबार हस्तान्तरण गर्दे छौ। मृतक चन्द्राको श्रीमानलाई रोजगारी र दश–दश लाख रुपैयाँ उपलब्ध गराउन प्रारम्भिक प्रक्रिया अघि बढाउन पीडित परिवारलाई आग्रह गरिएको उनले जानकारी दिए। जंगली हात्तीको आक्रमण रोक्न उक्त क्षेत्रमा विद्युतीय तारबार समेत गर्ने निर्णय भएको उनले बताए।

प्रकाशित: ११ जेष्ठ २०७८ ११:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App