coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हात्तीको आक्रमणबाट आमा छोरीको मृत्यु

बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हात्तीको आक्रमणबाट सोमबार आमा छोरीको मृत्यु भएको छ। गेरुवा गाउँपालिका—१ सरखुल खपतपुरकी ३७ वर्षीया चन्द्रा विक र उनकी तीन वर्षीया छोरी दीपिका विकको मृत्यु भएको हो।

घरबाहिर आँगनमा बसिरहेका चन्द्रा र उनकी छोरीलाई बेलुकी ९ बजे हात्तीले आक्रमण गर्दा चन्द्राको घटनास्थलमा मृत्यु भएको थियो। उनकी छोरी दीपिका गम्भिर भएकी छोरीको उपचारका क्रममा शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।

घटनाको बारेमा प्रहरीले निकुञ्ज प्रशासनलाई राति नै जानकारी गराएको थियो। घटनास्थलमा निकुञ्ज प्रशासन समयमा नपुग्दा स्थानीय आक्रोसित छन्।

प्रकाशित: ११ जेष्ठ २०७८ ०६:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App