११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

ढिस्काले पुरेर दुईको मृत्यु

सिरानचोक गाउँपालिका–१ भीरसिंहमा आज माटाको ढिस्काले पुरेर दुई जनाको मृत्यु भएको छ। जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङका घरको परिसर निर्माण गर्ने क्रममा ३५ वर्षीय भीमबहादुर गुरुङ र ४८ वर्षीय काले गुरुङको सो दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।

घटनालगत्तै स्थानीयवासी र प्रहरीसहितको टोलीले उद्वार गरी जौबारी स्वास्थ्यचौकीमा पुर्‍याए पनि चिकित्सकले साँझ करीब ७ बजे दुवैलाई मृत घोषणा गरे। भीरसिंहका दुवैको शव परीक्षणका लागि अहिले स्वास्थ्यचौकीमा राखिएको छ। रासस

प्रकाशित: १० जेष्ठ २०७८ १४:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App