७ वैशाख २०८१ शुक्रबार
समाज

अवैध मदिरा बरामद

दैलेख प्रहरीले निषेधाज्ञाको समयमा ओसारपसार गर्न निषेधित गरिएका मदिराजन्य पदार्थ बरामद गरेको छ । रानीमत्ता प्रहरी चौकी र तल्लोडुंगेश्वर प्रहरी चौकीबाट चेकजाँचका क्रममा मदिराजन्य पदार्थहरु बरामद गरिएको हो ।  

 गाडीमा खाद्यान्न सामग्रीबीचमा लुकाईपिछाई लैजादै गर्दा निषेधित मदिराजन्य पदार्थ बरामद गरिएको दैलेख प्रहरी प्रवक्ता ईन्द्रजित सुनारले बताए । प्रहरीका अनुसार १ सय ५० कार्टुन चिली (४५ सय थान), वियर ३ कार्टुन (३६) थान, चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो । ती मदिराजन्य पदार्थ दैलेखबजार र रार्कमकर्णाली बजारतर्फ लैजादै गरिएको थियो । लकडाउन अवधीभर प्रहरीले स्वास्थ्य सामग्री, दैनिक उपभोग्य वस्तु र निर्माण सामग्री मात्र ओसारपोसारका लागि अनुमति दिएको छ ।  

प्रकाशित: १० जेष्ठ २०७८ १३:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App